राजनीति
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र बिक विराटनगरमा तीनथान गोलीसहित पक्राउ परेका छन् । बिहीबार बेलुका विराटनगरबाट काठमाडौं आउँदै गर्दा उनीसँग तीनथान गोली फेला परेको प्रहरी महानिरीक्षकको सचिवालयलका एसपी रामदत्त जोशीले जानकारी दिए ।
उनका अनुसार चाइनिज पेस्तोलमा लाग्ने तीन गोलीसहित उनी पक्राउ परेका हुन् । उनी नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कोषाध्यक्षसमेत हुन् । उनी अहिले मोरङ प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५ ०८:५४
प्रतिक्रिया दिनुहोस्