site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा ६२ आईएनजीओको एक वर्षको खर्च साढे १२ अर्ब रुपैयाँ, ६ वर्षमा ७९ अर्ब रुपैयाँ लगानी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा ६२ वटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले एक वर्षको अवधिमा ११ करोड ३ लाख अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) खर्च गरेको पाइएको छ । उनीहरुले उक्त रकम नेपालको विभिन्न विकास परियोजनाहरुमा खर्च गरेका हुन् । 

आर्थिक वर्ष २०७४–०७५ मा ६२ वटा आईएनजीओहरुले नेपालको विकासमा करिब १२ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च अघिल्लो आर्थिक वर्ष २०७३–०७४ मा आईएनजीओहरुले नेपालमा गरेको भन्दा करिब साढे ८ अर्ब रुपैयाँ कम हो । आर्थिक वर्ष २०७३–०७४ मा आईएनजीओहरुले नेपालको विकासमा १८ करोड ६५ लाख अमेरिकी डलर (करिव २१ अर्ब ७ करोड ४५ लाख रुपैयाँ) खर्च गरेका थिए । 

“आईएनजीओहरुले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक सहायतामा ठूलो मात्रामा गिरावट आएको छ । आईएनजीओहरुको यो सहायता आर्थिक वर्ष २०७३–०७४ मा १८ करोड ६५ लाख अमेरिकी डलर थियो भने आर्थिक वर्ष २०७४–०७५ मा यो झरेर ११ करोड ३ लाख अमेरिकी डलरमा पुगेको छ,” अर्थ मन्त्रालयले गत साता सार्वजनिक गरेको आर्थिक सहायता प्रतिवेदन, २०१८ मा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४–०७५ मा वैदेशिक सहायता अन्तर्गत दातृ राष्ट्र तथा निकाय र आईएनजीओहरुले नेपाललाई जम्मा १ अर्ब ७३ करोड ३१ लाख अमेरिकी डलर (करिव १ खर्ब ९५ अर्ब ८४ करोड ३ लाख रुपैयाँ) उपलब्ध गरेका थिए । जम्मा वैदेशिक सहायतामा दातृ निकायको हिस्सा ९३ प्रतिशत र आईएनजीओको हिस्सा ७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७३–०७४ को तुलनामा २०७४–०७५ मा वैदेशिक सहायता १६ प्रतिशतले वृद्धि भएपनि आईएनजीओले उपलब्ध गराउने सहायतामा भने ठूलो मात्रामा गिरावट आएको छ । 

“सेवा प्रदायक, वकालत, जनचेतना फैलाउने, मानवीय सहायता, विभिन्न संयन्त्रहरुलाई मजबुत र उत्तरदायी बनाउने लगायतका क्षेत्रमा आईएनजीओहरुको योगदान महत्वपूर्ण रहँदै आएको छ,” प्रतिवेदनमा भनिएको छ, “पछिल्ला वर्षहरुको तुलनामा सहायता घटे पनि समग्रमा आईएनजीओहरुको योगदान उत्साप्रदनै देखिन्छ ।”

Global Ime bank

पछिल्लो वर्ष आईएनजीओहरुको खर्च मात्र होइन संख्यामा पनि गिरावट आएको देखिन्छ । आईएनजीओहरुले नेपाललाई उपलब्ध गराउँदै आएको रकम चार वटा आर्थिक वर्ष २०७१–०७२  यताकै सबैभन्दा कम हो भने संख्या पनि सोही आर्थिक वर्ष यताकै कम हो । 

“आईएनजीओको खर्च घट्नुका पछि दुई कारण छन् । पहिलो, सरकारले आईएनजीओले गर्दै आएको खर्चमा कडाइ गर्ने नीति लिएको छ । दोस्रो, देश संघीयतामा गएपछि आईएनजीओको सहायता कसरी लिने भन्ने स्पष्ट कानुन बनेको छैन,” अर्थ मन्त्रालय स्रोतले भन्यो । 
आर्थिक वर्ष २०७३–०७४ मा ८५ वटा आईएनजीओहरुले नेपालमा जम्मा १८ करोड ६५ लाख अमेरिकी डलर (करिव २१ अर्ब ७ करोड ४५ लाख रुपैयाँ) खर्च गरेका थिए । आर्थिक वर्ष २०७४–०७५ मा आइपुग्दा २३ वटा आईएनजीओले नेपाल छोडेको देखिन्छ । 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७२–०७३ मा ७६ वटा आईएनजीओहरुले नेपालमा १६ करोड ८० लाख अमेरिकी डलर खर्च गरेका थिए । सोभन्दा अघिल्लो आर्थिक वर्ष २०७१–०७२ मा ७४ वटा आईएनजीओहरुले नेपालमा ११ करोड ७० लाख अमेरिकी डलर खर्च गरेका थिए । यस्तै, आर्थिक वर्ष २०७०–०७१ मा ५६ वटा आईएनजीओहरुको एक वर्षको खर्च ७ करोड ६० लाख अमेरिकी डलर देखाइएको छ । 

आर्थिक वर्ष २०६९–०७० मा १४ वटा आईएनजीओहरुले ४ करोड १० लाख अमेरिकी डलर नेपालमा खर्च गरेको देखिन्छ ।  अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो ६ वर्षमा आईएनजीओहरुले नेपालमा जम्मा ६९ करोड ८८ लाख अमेरिकी डलर अर्थात करिब ७९ अर्ब रुपैयाँ खर्च गरेका छन् ।   

पछिल्लो आर्थिक वर्ष २०७४–०७५ मा नेपालमा सबैभन्दा बढी रकम खर्च गर्ने आईएनजीओको सूचीमा सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन इन्टरनेसनल, गुड नेबोर्स इन्टरनेसनल, एक्सन एड इन्टरनेसनल र केयर नेपाल रहेका छन् । सेभ द चिल्ड्रेनले एक वर्षको अवधिमा ३ करोड ६६ लाख अमेरिकी डलर (करिव ४ अर्ब १३ करोड ५८ लाख रुपैयाँ) नेपालमा खर्चेको छ । वर्ल्ड भिजन इन्टरनेसनलले सोही अवधिमा एक करोड ५३ लाख अमेरिकी डलर (करिव १ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ), गुड नेबोर्स इन्टरनेसनलले ६५ लाख अमेरिकी डलर (करिव ७३ करोड ४५ लाख रुपैयाँ), एक्सन एड इन्टरनेसनलले ५६ लाख अमेरिकी डलर (करिव ६३ करोड २८ लाख रुपैयाँ) र केयर नेपालले २९ लाख अमेरिकी डलर (करिव ३२ करोड ७७ लाख रुपैयाँ) नेपालमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय