विदेश
वाशिङ्टन । विश्व बैकका अध्यक्ष जीम योङले आफ्नो पदबाट सोमबार राजीनामा दिएका छन् । उनले आफ्नो नियमित कार्यकाल सकिनु भन्दा तीन वर्षअघि नै राजीनामा दिएका हुन् । उनी सन् २०१२ देखि अध्यक्षको रुपमा कार्यरत थिए । उनको पदावधी सन् २०२१को अन्तिममा सकिने भएपनि अहिले नै छोडेका हुन् । दक्षिण कोरियामा जन्मेका किम अब पूर्वाधार तथा लगानीका क्षेत्रमा काम गर्ने तयारीमा रहेको बताइएको छ ।
(एजेन्सी)
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५ १२:२१
प्रतिक्रिया दिनुहोस्