site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
‘सत्य, तथ्य पत्तालगाउन आयोग गठन’
SkywellSkywell

पोखरा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी खरिद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताएका छन् ।  

नेपाल प्रेस सङ्गठन कास्कीद्वारा शनिबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाइ सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्य तथ्य पता लगाउन सो आयोग गठन गरिएको स्पष्ट पारे ।  

Dabur Nepal
NIC Asia

उनले आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारवाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख गरे । रेशम चौधरीको शपथ ग्रहणको सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरह्ने र कारवाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको स्मरण गराए ।  

उनले जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर संसद्मा शपथ ग्रहण गराइएको जानकारी गराए ।  उनले केन्द्र र प्रदेशमा पार्टी एकताको कार्य सम्पन्न भइसकेको र जिल्ला, जनवर्गीय सङ्गठन, प्रवासी सङ्गठनलगायतमा एकताका लागि कार्य भइरहेको जानकारी गराए । पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्तसम्ममा प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताको कार्यले गति लिने उल्लेख गरे । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro