site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपाल आइडल ओडलाई भीमदत्त नगरपालिकाको अभिनन्दन

महेन्द्रनगर । नेपाल आइडल रवि ओडलाई महेन्द्रनगरमा अभिनन्दन गरिएको छ । भीमदत्त नगरपालिकाले स्मारकमा कार्यक्रम गरी ओडलाई अभिनन्दन गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्दले ओडलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरे । 

हजारौ नगरवासी सहभागी कार्यक्रममा नगर प्रमुख विष्टले रविको विजय सबै नगरवासीको विजय भएको उल्लेख गर्दै नगरवासीका तर्फबाट अभिनन्दन गरिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘यो जित हामी सबैको सबैको हो, रविको तिजले हामी सबै अत्यन्त खुसी छौ, यस अवसरमा वहाँलाई बधाई दिन चाहन्छौ, भविष्यका लागि शुभ कामना दिन चाहन्छौ’ नगर प्रमुख विष्टले भने,‘यस अवसरमा भीमदत्त नगरवासीका तर्फबाट वहाँलाई अभिनन्दन र सम्मान गर्न चाहन्छौ ।’

कार्यक्रममा नगर प्रमुख विष्टले ओडलाई नगरपालिकाबाट ५१ हजार सहयोग प्रदान गरिने घोषणा गरे ।  अभिनन्दपछि नेपाल आइडल ओडले आफ्नो जित सबै शुभ चिन्तकहरुको जित भएको बताए । ‘यो जित मेरो मात्रै होइन्, सबै शुभ चिन्तकहरुको हो,’ उनले भने,‘तपाईहरुको सबैको साथ र सहयोग यो जितमा छ, यो जित तपाईहरुको हो ।’

नेपाल आइडल बनाउन आफूलाई सहयोग गर्ने सबै शुभ चिन्तकहरुलाई उनले धन्यवाद दिदैं आभार व्यक्त गरे । कार्यक्रममा उनले केही गीतहरु समेत गाए । भीनपा नगर प्रमुख विष्ट, उप नगर प्रमुख चन्द सहित जिल्ला समन्वय समितिका उप संयोजक सानु बुड थापा महरा, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, २ का अध्यक्ष डम्मर सिह कार्की, १७ का अध्यक्ष हिमाल बहादुर चन्द लगायत जनप्रतिनिधि, उद्यमी, व्यवसायी, स्थानीय सहभागी भएका छन् । 

भीमदत्त नगरपालिका प्रवेशद्वार भाँसी खोलामा पुलमा भीनपा वडा नं. ४ का अध्यक्ष बोहरा, २ का कार्की र १७ का अध्यक्ष चन्दले स्वागत गरे । रविलाई गाजाबाजा सहित कार्यक्रम स्थलमा पुगाइएको हो । मदनचोकदेखि कार्यक्रम स्मारकसम्म छलिया नाच प्रस्तुत गरिएको छ । 

कार्यक्रम स्थलमा रविसित सेल्फी खिच्न दर्शकहरको भिड लागेको थियो । मञ्च नजिक पुगेका उनीहरुलाई पछाडि हटाउन प्रहरीलाई हम्मेहम्मे परेको छ । रविलाई उनको गृह नगर कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका लगायतका विभिन्न स्थानमा सम्मान गरिएको छ । कृष्णपुर नगरपालिका ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  १९:१६
प्रतिक्रिया दिनुहोस्