काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘एक नेपाली एक फलपूmलको बिरुवा रोपण अभियान’ अन्गर्गत तीन महिनाको अवधिमा देशभर विभिन्न प्रजातिका करिव २९ लाख बोटबिरुवा रोपिएको जनाएको छ । कार्यालयले तयार पारेको प्रतिवेदनमा अभियान सुरु भएपछिको तीन महिनामा देशका ७७ वटै जिल्ला र ७ सय ५३ वटै स्थानीय तहमा कूल २८ लाख ९० हजार ९ सय १९ बिरुवा रोपिएको उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव विनोदबहादुर कुँवर र शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेयद्वारा तयार पारेको प्रतिवेदनअनुसार ३ वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने लक्ष्यका साथ अभियान अघि बढाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २२ गते सिंहदरबार परिसरभित्र एभोकाडो र लिचीको बिरुवा रोपी अभियानको सुरुवात गरेका थिए । प्रतिवेदनमा गत भदौ मसान्तसम्म रोपिएका बिरुवाको संख्यालाई मात्र समेटिएको छ । त्यसपछिको तथ्याङ्क आउन बाँकी नै छ ।
प्रतिवेदनमा अभियान अन्तर्गत सबैभन्दा बढी कागती, अलैंची, सुन्तला–मुन्तला, आँप र लिचीको बिरुवाहरु रोपिएको दखिन्छ । जसअनुसार यो तनि महिनाको अवधिमा कागतीका ५ लाख ४ हजार ४ सय ९४, अलैंचीका ४ लाख ६९ हजार १ सय ५०, सुन्तला–मुन्तलाका ३ लाख ३९ हजार ८ सय ३८, आँपका २ लाख ५९ हजार ३ सय ६५ र लिचीका ८८ हजार ६ सय ३४ बिरुवा रोपिएका थिए ।
यो अवधिमा केराको ७४ हजार ५ सय ३४, स्याउको २८ हजार ८ सय ९७, अम्बाको २७ हजार २ सय १२, अनारको २६ हजार ६ सय ३१, जुनारको २४ हजार ९२ र कटहरको १६ हजार २ सय ८८ बिरुवा रोपिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, ओखरका १४ हजार ५ सय ३४, किविको १३ हजार ७ सय ६, लप्सीको १३ हजार ७२, अंगुरको ११ हजार ६ सय ३८, अमलाको ९ हजार ७ सय ३८, अमिलोको ८ हजार ७ सय २६ र मौसमको ८ हजार २ सय ८५ विरुपा तीन महिनामा रोपिएको देखाइएको छ ।
अभियान अन्तर्गत गत असार, साउन र भदौमा नास्पतीका ७ हजार ४ सय २२, मेवाका ४ हजार ८ सय ४८, हलुवावेदका ३ हजार ६४, एभोकाडोका २ हजार ४३, आरुको १ हजार ४ सय ३६, जापनीज कटुसको १ हजार २ सय ८०, आरुवखडाको ९ सय ७२, खुरपानीको ८ सय ६८, अंजिरको ३५ र भुँइकटहरको ५ वटा बिरुवा रोपिएको थियो । प्रतिवेदनमा यी बाहेक अन्य फलफूलका ३ लाख ५४ हजार ९ सय ३२ बिरुवा र अन्य विभिन्न प्रजातिका ५ लाख ७४ हजार १ सय ८० बिरुवा रोपिएको जनाइएको छ ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी बिरुवाहरु गण्डकी प्रदेशमा रोपिएका छन् । त्यसपछि क्रमशः प्रदेश नं.५, प्रदेश नं.३, कर्णाली प्रदेश, प्रदेश नं.१, सूदुरपश्चिम प्रदेश र प्रदेश नं.२ मा रोपिएको देखिन्छ । गण्डकी प्रदेशमा ९ लाख ४३ हजार १ सय २४, प्रदेश नं.५ मा ६ लाख ५८ हजार ८ सय ४३, प्रदेश नं.३ मा ३ लाख ३७ हजार ६ सय ८७, कर्णाली प्रदेशमा ३ लाख ३६ हजार ५ सय ७४, प्रदेश नं.१ मा २ लाख १० हजार २ सय २९, सूदुरपश्चिम प्रदेशमा २ लाख ३ हजार २ सय ६६ र प्रदेश नं.२ मा १ लाख ७१ हजार १ सय ९६ बिरुवा रोपिएको प्रविवेदनमा उल्ल्ेख छ ।
जिल्लागत हिसाबले सबैभन्दा बढी लमजुङमा ४ लाख ९ हजार ९ सय ५३ बिरुवा रोपिएका छन् । त्यसपछि सबैभन्दा बढी रोल्पामा २ लाख १३ हजार ५ सय १५, पर्वतमा १ लाख ७० हजार ९ सय ७२, उदयपुरमा १ लाख ८ हजार ४ सय ४६ र कास्कीमा १ लाख ३२ हजार ८५ बिरुवा रोपिएको छ । यो तीन महिनाको अवधिमा सबैभन्दा कम बिरुवा बैडतीमा एक सय ८०, सल्यानमा ३ सय १५, तेह्रथुममा २ हजार १ सय ७०, मनाङमा ३ हजार १ सय २८ र मुस्ताङमा ४ हजार ६ सय ३० बिरुवा रोपिएको थियो ।
“प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएजस्तै देशमा उपलब्ध श्रोत साधनको समुचित उपयोग भई अधिकतम सदुपयोगको सिद्धान्तको व्यवहारिक कार्यान्वयन भए नेपाल फलफूलमा आत्मनिर्भर हुने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।