site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
१६ महिनायता नेपाली फुटबल लिगविहीन, एन्फा भन्छ– चैत अन्तिम साता सुरु गर्छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । खेलाडी उत्पादन र खेल विकासका लागि जुनसुकै खेलको घरेलु लिग निकै महत्वपूर्ण मानिन्छ । तर, पछिल्ला झन्डै डेढ वर्षयता नेपाली फुटबल लिगविहीन बनेको छ ।

नेपाली फुटबल त्यसै त कमजोर मानिन्छ । त्यसमाथि फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु फुटबल लिग नगराएको लामो समय भइसकेको छ । ‘ए’ डिभिजन लिग नगराएको लगभग ३ वर्ष पुगिसकेको छ । एन्फाले पछिलो समय ‘ए’ डिभिजन लिग २०७० सालमा गरेको थियो । 

एन्फाले गत वर्ष ‘होम एन्ड अवे’को आधारमा राष्ट्रिय लिग गरेको थियो । २०७२ वैशाख १२ मा गएको भूकम्पपछि केही महिना रोकिएको उक्त राष्ट्रिय लिगमा ‘ए’ डिभिजन र जिल्लाका क्लबहरूले सहभागिता जनाएका थिए । ०७२ असोज ३० गते भएको राष्ट्रिय लिगको फाइनलमा थ्री स्टार र मनाङ मर्याङ्दीबीचको खेलपछि एन्फाले अहिलेसम्म कुनै प्रतियोगिता गराउन सकेको छैन । 
एन्फाले भने भूकम्पलगायत विविध कारणले लिग हुन नसकेको बताउँदै आएको छ । सम्भव भए यो वर्ष नै घरेलु लिग गर्ने एन्फाले बताएको छ । “भूकम्पलगायत विविध कारणले हामीले लिग गर्न सकेनौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

भूकम्पकै कारण हामीसँग रंगशाला छैन । विकल्पको रूपमा च्यासलको मैदानलाई बनाउने कुरा भयो । तर, त्यो पनि बनेन,” एन्फाका सिईओ इन्द्रमान तुलाधरले भने, “हामीसँग मैदान छैन । त्यसैले लिगहरू गराउने अवस्था छैन । तर, हामीले अब यो सालबाट गराउने योजना बनाएका छौँ ।” भूकम्पले नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला खेल्न अयोग्य बनेको छ । जसका कारण एन्फालाई लिग गराउन मैदान अभाव रहेको सिईओ तुलाधरले बताए ।

‘ए’ डिभिजन लिग नभए पनि त्यसबीचमा एन्फाले ‘बी’ डिभिजन लिग गरेको थियो । यो बीचमा एन्फाले दुई पटक ‘बी’ डिभिजन लिग गराएको छ । तर, बी डिभिजनमा उक्लिएका क्लबहरूले अहिलेसम्म ‘ए’ डिभिजन लिग खेल्न पाएका छैनन् । ‘ए’ डिभिजनमा पुगेको कागजमै सीमित छ । तर, एन्फाका सिईओ तुलाधरले आगामी चैतको अन्तिम साताबाट लिग गर्ने योजना बनाएको बताए । 
“हामीले चैतको अन्तिमबाट लिग सुरु गर्ने योजना बनाएका छौँ,” उनले भने, “सुरुमा ‘ए’ डिभिजन लिग गर्नेछौँ । त्यसपछि राष्ट्रिय लिगको अवधारणामा अर्को राष्ट्रिय लिग गर्नेछौँ ।”

Global Ime bank

लिगबारे छलफल गर्ने एन्फाको कार्यसमिति बैठकले गत हप्ता नै एक कमिटी बनाए पनि मिति भने तय नभएको उनले बताए । “लिग गराउनेबारे कमिटी गठन भएको छ । एन्फाले कमिटीको सुझाव र ए डिभिजन क्लब तथा एएफसीसँगको बैठकपछि लिगको मिति तय गर्नेछ,” सिईओ तुलाधरले भने । उनका अनुसार एन्फाले सिईओ तुलाधरसहित विकास निर्देशक सञ्जिव मिश्र, प्रतियोगिता प्रमुख रत्नकुमार श्रेष्ठ र चिफ एडमिनिस्टे«टर गोकुल थापा सम्मिलित ४ सदस्यीय कमिटी बनाएको छ ।

घरेलु लिग नहँुदा पछिल्लो समय नेपाली फुटबल गोल्डकपमा सीमित बन्दै आएको छ । खेलाडीहरू नकआउट फुटबल खेल्न बाध्य बनेका छन् । त्यसैले पछिल्लो वर्ष मोफसलमा हुने गोल्डकपको संख्या एक दर्जन पुगेको छ । तर, फुटबल विकासको लागि गोल्डकपको खास महत्व नहुने फुटबल विश्लेषकहरू बताउँछन् ।

लिग भएमात्र नयाँ प्रतिभावान खेलाडी आउने सम्भावना बढी हुने फुटबल जानकारहरूको भनाइ छ । एन्फाले घरेलु लिग नगर्दा नयाँ खेलाडीहरू आएका छैनन् भने पुरानै खेलाडीहरूले क्लब धानिरहेका छन् । कतिपय खेलाडी विदेश पलायन भइसकेका छन् । त्यसैले कुनैपनि देशको फुटबल विकासको लागि १ देखि २ महिना लामो फुटबल लिग हुनुपर्ने विश्लेषकहरू बताउँछन् । 

एन्फा सिईओ तुलाधरले यो वर्षको लिग केही फरक तरिकाले गर्ने बताए । त्यस्तै, उनले आगामी चैतमा हुने लिगमा सबै क्लबहरूले फिफा र एएफसीले ल्याएको नीति लाइसेन्स प्रणाली लागू गर्नुपर्ने बताए । “ए डिभिजन लिग र राष्ट्रिय लिग खेल्न अब क्लबहरूले फिफा र एएफसीले ल्याएको लाइसेन्स प्रणाली लागू गर्नुपर्छ ।

क्लबहरूलाई हामीले जानकारी गराइसकेको छौ,” तुलाधरले भने, “हाम्रो सबै क्लबहरू लाइसेन्स प्रणाली लागु गर्न सक्षम छन् । क्लबहरूले लाइसेन्स प्रणाली लागु गरेनन् भने ए र राष्ट्रिय लिग खेल्न पाउँदैनन् किनकि यो फिफा र एएफसीकै नियम हो ।” क्लबहरूले लाइसेन्स प्रणालीको मैदानलगायत केही सर्तहरू पुरा गरे लिग सञ्चालन गर्न समेत सहज हुने सिईओ तुलाधरले बताए ।

क्लब लाइसेन्सका लागि फिफाले विभिन्न १७ सर्त राखेको छ । त्यसमा क्लबको मैदान, खेलाडी सम्झौता, प्रशिक्षक संख्या, मार्केटिङ, मिडिया म्यानेजर, आर्थिक योजनालगायतका सर्त रहेको छ । लाइसेन्स प्रणालीबारे नेपाली क्लबको अध्ययन गर्न फिफा र एएफसी पदाधिकारीको गत हप्ता नेपाल आएर फर्किसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement