site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को हुन् नेपालका कमरेड वसन्त, जसले भारतीय माओवादीलाई हतियार व्यवस्था गर्न सघाउँछन् ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पुने । गत शुक्रबार भारतको पुने नगर प्रहरीले चार जना आरोपितलाई थप ९० दिन हिरासतमा राख्ने अनुमतिका लागि विशेष अदालतमा निवेदन दियो । प्रतिबन्धित भारतीय कम्युनिष्ट पार्टी माओवादी (भाकपा माओवादी)का चार जना नेतालाई अदालतमा लग्ने क्रममा प्रहरीले उनीहरुलाई सीमा क्षेत्रबाट नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टी (माओवादी)का एक जना वरिष्ठ नेताले हतियार सप्लाइमा सघाएको जनाएको छ । 

इन्डियन एक्सप्रेसका अनुसार भारतीय प्रहरीले पक्रेका चार जनामा सुधा भारद्वाज, पी भराभरा राव, अरुण फेरिएरा र भर्नोन गोनसाल्भेज रहेका छन् । उनीहरु गौतम नौलखासहितका व्यक्तिसँगै गएको  अगष्ट २८ मा पक्राउ परेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अदालतमा प्रहरीले दिएको आवेदनमा अहिले पक्राउ परेका र पहिला पक्राउ परेका आरोपितहरुबीच नियमित सम्पर्क हुनुका साथै भूमिगत नक्सलाइटसँग समेत उनीहरुको सम्पर्क भइरहेको जनाइएको छ । कमरेड एमडी सिराज भन्नेले हतियार आपूर्तिका लागि सीमा क्षेत्रमा डिल गरेका थिए । उनलाई हालै नेपालमा स्थापित क्रान्तिकारी कम्युनिष्ट पार्टी (माओवादी)का सचिव कमरेड वसन्तले सो काममा सघाएको भारतीय प्रहरीले प्रहरीमा हालेको आवेदनमा उल्लेख छ । 

पत्रमा ४ लाख खोकासहितको एम—४ हतियारको सप्लाईका लागि ८ करोड रुपैयाँ लाग्नेसमेत उल्लेख गरिएको छ । प्रहरीका अनुसार सोसम्बन्धी विवरण सन् २०१७ अप्रिल १८को बरामद पत्रबाट खुलेको हो । सो पत्र आरोपित रोना विल्सनको ल्यापटपमा फेला परेको प्रहरीले जनाएको छ । 

Royal Enfield Island Ad

प्रहरीले जनाएअनुसार सोही पत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या राजीव गान्धीको शैलीमा गर्नेबारेमा पनि खुलासा गरिएको थियो । सोही पत्रले अप्रिल २०मा ‘कमिटी फर द डिफेन्स एण्ड रिलिज अफ जीएन साइबाबा’ भन्ने ब्यानरमा अर्को कार्यक्रम गर्न लागिएको पनि खुलासा भएको थियो । 

सो पत्रको बारेमा थप बुझ्न पुने प्रहरी प्रेस क्लब अफ इण्डियाको नयाँ दिल्लीस्थित कार्यालयमा पनि गएको जुलाई महिनामा भ्रमण गरेको थियो । प्रहरीले त्यहाँ दिल्ली विश्वविद्यालयका प्राध्यापक साइबाबाको रिहाइका लागि पत्रकार सम्मेलन गर्न गरेको बुकिङ्ग स्लिप र अन्य कागजात लिएको थियो । प्रहरीका अनुसार विल्सन उक्त कमिटीका सदस्यहरु मध्येका एक हुन्, जसले त्यहाँ  पत्रकार सम्मेलन गर्न लागेको थियो । प्रहरीका अनुसार भाराभारा राव नेपाल र भारतकै मणीपुरबाट हतियार तस्करीका लागि जिम्मेवारी प्राप्त व्यक्ति हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro