site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएसीको नाइन एन–एकेटी ‘गौंथली’ बुधबार आउने

काठमाडौं । नेपाल वायु सेवा निगमको वाई १२ ई बुधबार नेपाल आइपुग्ने भएको छ । मंगलबार (आज) आउने भनिएको विमान बुधबार आउने निगमले जनाएको छ ।
“आज आउने भनिएको जाहज बुधबार आउने भएको छ,” नेपाल वायु सेवा निगमका सह–प्रवक्ता शैलेस कंशाकारले भने, “बुधबार दिउसो साढे एक बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।” ल्यान्डिङका लागि कागजी प्रक्रिया नमिलेका कारण ढिलो भएको कंशाकारले जानकारी दिए । विमानको क्षमता १७ सिटको छ ।

गौंथली नाम राखिएको विमानको कल साइन नाइन एन–एकेटी रहेको सह–प्रवक्ता शैलेस कंशाकारले जानकारी दिए । यसअघि उक्त विमान शनिबार आउने बताइए पनि अन्तिम समयमा आएर आजका लागि समय सारिएको थियो । विमान आउँदा विमानको स्वागतलका लागि कुनै औपचारिक कार्यक्रम नराखिएको कंशाकारले जानकारी दिए ।

निगमले चीनबाट आयात गर्न लागेका चार वटा जहाजमध्ये एमए ६० बिहीबार नेपाल आएको थियो ।  दुवै जहाज चीन सरकारको ऋण सहुलियतमा ल्याइन लागेका हुन् ।

“चिनियाँ पक्षसँग भएको लिखित सम्झौताबमोजिम दुईवटा जहाज आउन लागेको हो,” सह–प्रवक्ता कंसाकारले भने, “यो पटक प्राविधिक रूपमा कमजोरी आएको खण्डमा नेपालमै आएर मर्मत गरिदिने र स्पेयर पार्टस् समेत यहीँ उपलब्ध गराउने मन्त्रालयसँग सम्झौता भएको छ ।” बिमा रकम लगायतका विषयमा यो पटक मन्त्रालयले चिनियाँ पक्षसँग पहिले नै सम्झौता गरिसकेको छ ।

१७ सिटको वाई १२ ई ले दुर्गम यसअगाडिको ट्वीनअटर विमानले सेवा दिँदै आएका पहाडी दुर्गम जिल्लामा उडान गर्नेछ भने ५६ सिट क्षमताको एम ए ६० ले विराटनगर, नेपालगञ्ज, वीरगञ्ज, धनगढी, भैरहवालगायत यात्रुको चाप धेरै रहेका तराईका जिल्लामा उडान भर्नेछ ।

“दुईवटा विमान थपिएपछि विमान ग्राउन्डेड हुँदा खाली बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ भने यात्रुमा पनि नेपाल एयरलाइन्सप्रतिको विश्वास बढ्छ,” कंसाकारले भने ।
निगमका अनुसार यसलगतै वाई १२ ई कल साइनका दुईवटा जहाज आउने छन् । तर, समय भने तय भइसकेको छैन । चीन सरकारको अनुदानमा यसअघि नै दुईवटा एम ए ६० जहाज आइसकेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७३  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro