site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले प्राप्त गर्‍यो ३२.४ अर्बको वैदेशिक सहायता प्रतिबद्धता
SkywellSkywell

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष (सन् २०१७–०१८)को सेप्टेम्बर महिनासम्मको तुलनामा यस वर्ष (सन् २०१८–०१९)को सोही अवधिसम्म सरकारले विभिन्न दातृ राष्ट्र तथा निकायबाट ४६.३८ अर्ब रुपैयाँ कम वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

“गत आर्थिक वर्षको तुलनामा यस वर्ष विकास परियोजना र कार्यक्रमको लागि विभिन्न दातृ राष्ट्र तथा निकायबाट प्राप्त हुने वैदेशिक सहायता प्रतिबद्धता घटेको छ,” अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले भनिन् । अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०१८–०१९ को सेप्टेम्बरसम्म सरकारले विभिन्न दातृ राष्ट्र तथा निकायबाट कूल ३२.४ अर्ब रुपैयाँको नयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये २३.२६ अर्ब रुपैयाँ ऋण सहयोग छ भने ९.१४ अर्ब रुपैयाँ अनुदान सहयोग रहेको छ । 

KFC Island Ad
NIC Asia

अघिल्लो आर्थिक वर्ष २०१७–०१८ को यसै अवधि (सेप्टेम्बर)सम्म सरकारले दातृ राष्ट्र तथा निकायबाट नेपालको विभिन्न विकास परियोजना निर्माणको लागि कूल ७८.७८ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । अघिल्लो आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये ६१.१९ अर्ब रुपैयाँ अनुदान सहयोग र १७.५९ अर्ब रुपैयाँ ऋण सहयोग रहेको थियो । 

“अघिल्लो वर्षको तुलनामा वैदेशिक सहायता प्राप्तिको लागि यस वर्ष वार्ताहरु पनि कम भएका छन् । तर पाइपलाइनमा धेरै ठूला परियोजना रहेकोले आर्थिक वर्षको अन्तसम्म वैदेशिक सहायता पुरानै अवस्थामा फर्कन्छ,” अर्थ मन्त्रालयकी प्रवक्ता पौडेलले भनिन् । 

Royal Enfield Island Ad

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कूल वैदेशिक सहायता प्रतिबद्धतामा गिरावटमात्र होइन, ऋण सहयोगमा भारी वृद्धि र अनुदान सहयोगमा भारी गिरावट आएको देखिन्छ । अघिल्लो वर्षभन्दा यसवर्ष ४६.३८ अर्ब रुपैयाँ कम नयाँ वैदेशिक सहायता प्रतिबद्धता सरकारले प्राप्त गरेको छ । “अनुदान सहयोग लिँदा दाताले धेरै सर्तहरु राख्ने हुँदा ऋण सहयोगमा बढी जोड दिइएको हो,” नयाँ वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहयोगभन्दा ऋण सहयोग ठूलो हुनुको कारण उनले बताइन् । 

सरकारले अघिल्लो वर्षको सेप्टेम्बरसम्म प्राप्त गरेको नयाँ अनुदान सहायताको तुलनामा यस वर्षको सोही अवधिसम्म ५२.०५ अर्ब रुपैयाँ कम अनुदान सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यस्तै, ऋण सहायतातर्फ भने अघल्लो वर्षको तुलनामा यस वर्ष सरकारले ५.६७ अर्ब रुपैयाँ बढीको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro