विराटनगर । बुधबारदेखि नेपालमा रेल कुदन थालेको छ । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आइतबार रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल–वे कस्टम यार्ड र भारतीय रेल–वे स्टेशन बथनाहातर्फबाट ट्रयाकमा फलाम लिक बिच्छ्याउँदै ३.३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो । हालसम्म रेल–वेको परीक्षण भइसकेको जोगबनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिए ।
परीक्षणका क्रममा आइतबार रेलको इन्जिन ल्याइएको हो । अब डिसेम्बर १२ देखि नियमित रुपमा सञ्चालन गरिने उनले बताए । सो मार्गमा चल्ने रेल भने यात्रुवाहक होइन । कच्चा पदार्थ ढुवानी गर्न सहजताका लागि व्यापारी व्यवसायीहरुले प्रयोग गर्नेछन् ।