site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘साम्बाला’को साउन्डमा भएको थियो डेढ करोड खर्च 

काठमाडौं । चलचित्र ‘साम्बाला’को साउन्ड डिजाइन र ब्याकग्राउन्ड स्कोरको प्रशंसा भइरहेको छ । यो चलचित्रको साउन्डमा उत्कृष्ट काम भइरहेको प्रतिक्रिया आइरहेको हो । 

अक्सर अधिकांश नेपाली चलचित्रले साउन्डमा धेरै मिहिनेत नगर्ने गुनासो भइरहेका बेला ‘साम्बाला’ले भने यसमा ठूलो रकम खर्चिएको छ । 

निर्माणपक्षका अनुसार करिब डेढ करोड रुपैयाँ ‘साम्बाला’ले साउन्डमा खर्चिएको छ । “हाम्रो चलचित्रमा करिब डेढ करोड रुपैयाँ खर्च भएको छ,” साम्बाला निर्देशक मिनबहादुर भामले बाह्रखरीसँग भने, “साउन्ड, फोली, मिक्सिङ, मास्टरिङ गरेर डेढ करोड रुपैयाँ खर्च भएको छ ।”

मिनले ‘साम्बाला’को साउन्डको काम ताइवानमा गराएका हुन् । ‘साम्बाला’ करिब १५ करोड रुपैयाँमा निर्माण भएको चलचित्र हो । 

यसैबीच, सिनेमा हलमा प्रदर्शनरत चलचित्र ‘साम्बाला’ले एक हप्तामा एक करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । 

मंगलबारबाट चलचित्रमा अकुपेन्सी उच्च देखिएको मिनले  बताएका छन् । “मंगलबारबाट हलमा उच्च अकुपेन्सी पनि देखिएको छ । वर्ड अफ माउथ राम्रो हुँदै जाँदा शो राम्रो पाउँदै गएको छ,” उनी अगाडि थप्छन्, “प्राप्त शोमा अकुपेन्सी पनि बढ्दै गएको छ ।” 

९७ औँ अस्कर अवार्डमा सिफारिस भएको यो चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा मिन र अभिनास विक्रम शाहले लेखेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro