काठमाडौँ । २०७२ वैशाख १२ र २९ को भूकम्पको साढे तीन वर्ष पूरा भइसकेको छ । तर, भूकम्पपछिको पुनर्निर्माणको अवस्था भने ज्यादै कम गतिमा भइरहेको छ ।
त्यसो त स्थानीय तह आएपछि निजी आवास निर्माणको प्रत्रि–या द्रूतगतिमा अघि बढ्ने विश्वास पनि लिइएको थियो । स्थानीय तहलाई निजी आवास निर्माणको सम्पूर्ण जिम्मा दिन निजी आवास पुनर्निर्माण अनुदान वितरण सम्बन्धी कार्यविधि– २०७३ ले रोकेपछि स्थानीय तहले निजी आवास निर्माणसम्बन्धि गुनासो सुन्ने र सम्बोधनका लागि जिल्ला आयोजना कार्यान्वयन इकाइलाई सिफारिस दिने गर्दछ ।
कति घर बने ?
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म ९ लाख ९६ हजार ५ सय ८२ घरधूरीको सर्भेक्षण गरिएको छ । त्यसमध्ये लाभग्राहीको संख्या ९ लाख ११ हजार ५ सय ८७ किटान गरिएको छ । र, छुटेका नामहरू अझै लाभग्राहीमा थप्ने कार्य भइरहेको प्राधिकरणको भनाइ छ ।
कात्तिक पहिलो हप्तासम्म ७ लाख २८ हजार ७ सय ४८ लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको र त्यसमध्ये ७ लाख २३ हजार ३ सय ७६ लाभग्राहीलाई पहिलो कि–ता अनुदान उपलब्ध गराइएको प्राधिकरणको भनाइ छ ।
५ लाख ९ हजार २ सय ७४ ले हालसम्म दोस्रो कि–तावापतको रकम बुझेका छन् भने अन्तिम किस्ता बुझेर निर्माण सम्पन्नको प्रमाणपत्र बुझ्नेहरूको संख्या २ लाख ९२ हजार १ सय ४६ छ ।
साढे तीन वर्षको अवधिमा ४० प्रतिशत लाभग्राहीलेमात्रै आवास निर्माण गरेका छन् ।
किन ६० प्रतिशत पीडितले आवास निर्माण गरेनन् त ?
भूकम्पबाट भत्किएका निजी घरको संख्याभन्दा लाभग्राहीको संख्या बढी छ प्राधिकरणसँग । सिन्धुपाल्चोक भूकम्पले सर्वाधिक क्षति पुर्याएको जिल्ला हो । वैशाख १२ र २९ को भूकम्पको झड्कामा परी जिल्लाका ९९ प्रतिशत घरहरू खण्डहरमा परिणत भएका थिए । प्राधिकरणले जिल्लाको ८३ हजार ५ सय ८९ घरमा सर्भेक्षण गरेको थियो । ती मध्ये ३ सय ७६ घरहरू प्रवलीकरण गरे पुग्थ्यो भने, केही घरहरू सद्दे पनि निस्किए । तर, लाभग्राहीको सूचीमा ८६ हजार ९ सय ७१ घर पुगेका छन् ।
अर्थात् सर्भेक्षण गरिएका घरभन्दा ३ हजार ३ सय ८२ घरधूरी बढेका छन् । र, यी सबैलाई ३ लाखका दरले अनुदान उपलब्ध गराउँदा प्राधिकरणलाई १ अर्ब १ करोड ४६ लाख रुपैयाँ व्ययभार पर्छ । पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइका एक कर्मचारी पीडितहरूले अनधिकृत तवरले अनुदान दिन खोज्ने परम्परा बसेकाले लाभग्राहीको संख्या बढेको बताउँछन् ।
“शुरूमा एउटा सर्वेक्षण भयो । तर, पछि त्यसमा गुनासो बढ्दै र सम्बोधन गर्दै जाँदा लाभग्राहीको संख्यामा वृद्धि भएको छ । यही कारण पुनर्निर्माणलाई गति दिन बाधा भइरहेको छ,” उनको भनाइ थियो ।
स्थानीय तह निर्वाचनपछि वडाध्यक्ष, वडा सचिव र सम्बन्धित वडाका प्राविधिक सम्मिलित गुनासो सुनुवाइ समितिजस्तो खडा गरेर सम्बोधन गर्न खोजिए पनि त्यसले झनै लाभग्राहीको संख्या बढाएको प्राधिकरणको ठहर छ ।
समस्या सिन्धुपाल्चोकमामात्रै छैन । दोलखाको अवस्था पनि उस्तै छ । शुरूमा प्राधिकरणले भूकम्पबाट क्षति पुर्याएका ५७ हजार ६ सय ९१ घरधूरी सर्वेक्षण गरेको थियो ।
तर, लाभग्राही संख्या बढेर ६८ हजार ७ सय ६१ घरधूरी पुगेको छ । अर्थात् दोलखामा पनि अनधिकृत तवरले लाभ (अनुदान) लिनेको संख्या अधिक छ । दोलखामा हालसम्म ६० हजार ९ सय ९४ जनाले अनुदान सम्झौता गरेको प्राधिकरणको भनाइ छ ।
त्यस्तै भूकम्प अतिप्रभावित रसुवा र नुवाकोटमा पनि घरधुरी सर्भेको तुलनामा लाभग्राहीको संख्या बढेको छ । भूकम्पपश्चात एकाघरका अंशवण्डा नभएका दाजुभाइ तथा एकाघरका बाबुछोरासमेतले छुट्टाछट्टै भिन्न भएको मागदाबीसहित निवेदन दिएकाले लाभग्राहीको संख्या बढेको र प्राधिकरणलाई व्ययभार थपिएको कर्मचारी बताउँछन् ।
यस्तो छ, प्रभावित १४ जिल्लाको तथ्यांक
सिन्धुपाल्चोक
कुल सर्वे – ८३,५८९
लाभग्राही सूचीमा परेका कुल संख्या – ८६,९७१
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – ३७६
अनुदान सम्झौता सम्पन्न – ८३,९७५
पहिलो किस्ता वितरण – ८३,९७५
दोश्रो किस्ता वितरण – ७४,४१५
तेस्रो किस्ता वितरण – ५,१६०
दोलखा
कुल सर्वे – ५७,६९१
लाभग्राही सूचीमा परेका कुल संख्या – ६८,७६१
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – ६३७
अनुदान सम्झौता सम्पन्न – ६०,९९४
पहिलो किस्ता वितरण – ६०,९९४
दोश्रो किस्ता वितरण –४९,८४५
तेस्रो किस्ता वितरण – ३९,६२८
नुवाकोट
कुल सर्वे –७२,८७१
लाभग्राही सूचीमा परेका कुल संख्या – ७५,१३६
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – ९३६
अनुदान सम्झौता सम्पन्न – ६६,९२५
पहिलो किस्ता वितरण – ६६,९२४
दोश्रो किस्ता वितरण – ६३,४०४
तेस्रो किस्ता वितरण – २५,२१३
रसुवा
कुल सर्वे – १२,१११
लाभग्राही सूचीमा परेका कुल संख्या – १२,४९०
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – ११७
अनुदान सम्झौता सम्पन्न – ११,४०६
पहिलो किस्ता वितरण – ११,४०६
दोश्रो किस्ता वितरण – १०,१८६
तेस्रो किस्ता वितरण – ८,५७३
गोरखा
कुल सर्वे – ७४,३८९
लाभग्राही सूचीमा परेका कुल संख्या – ६५,३७०
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – २,०१९
अनुदान सम्झौता सम्पन्न – ६१,०००
पहिलो किस्ता वितरण – ६०,५८५
दोश्रो किस्ता वितरण – ५२,४९३
तेस्रो किस्ता वितरण – ३७,७६८
धादिङ
कुल सर्वे – ८५,२५५
लाभग्राही सूचीमा परेका कुल संख्या – ७७,७६१
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – १,४९४
अनुदान सम्झौता सम्पन्न – ७०,१८४
पहिलो किस्ता वितरण – ७०,१५५
दोश्रो किस्ता वितरण – ५४,०५६
तेस्रो किस्ता वितरण – २७,७५२
मकवानपुर
कुल सर्वे – ८५,१८८
लाभग्राही सूचीमा परेका कुल संख्या – ३३,२६६
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – ४,१५०
काभ्रेपलाञ्चोक
कुल सर्वे – ९०,४९७
लाभग्राही सूचीमा परेका कुल संख्या – ७७,४१४
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – २,४१५
काठमाडौं
कुल सर्वे – ४८,१४४
लाभग्राही सूचीमा परेका कुल संख्या – ४६,९६२
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – ५७५
अनुदान सम्झौता सम्पन्न – ४०,५९२
पहिलो किस्ता वितरण – ४०,३५७
दोश्रो किस्ता वितरण – १२,४६७
तेस्रो किस्ता वितरण – ७,७८५
भक्तपुर
कुल सर्वे – २८,८३५
लाभग्राही सूचीमा परेका कुल संख्या – २८,३०२
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – २८०
अनुदान सम्झौता सम्पन्न –२३,९७१
पहिलो किस्ता वितरण – २३,९७१
दोश्रो किस्ता वितरण – ६,२६९
तेस्रो किस्ता वितरण – ५,५७३
ललितपुर
कुल सर्वे – ३१,१५९
लाभग्राही सूचीमा परेका कुल संख्या – २८,३५२
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – ६६७
अनुदान सम्झौता सम्पन्न – २४,४२९
पहिलो किस्ता वितरण – २३,१२५
दोश्रो किस्ता वितरण – ८,२३२
तेस्रो किस्ता वितरण – ४,८०४
रामेछाप
कुल सर्वे – ५४,३४५
लाभग्राही सूचीमा परेका कुल संख्या – ४८,५८०
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – २,१४९
अनुदान सम्झौता सम्पन्न – ४३,५५३
पहिलो किस्ता वितरण – ४३,५५३
दोश्रो किस्ता वितरण – ३८,७८०
तेस्रो किस्ता वितरण – २५,०९३
ओखलढुंगा
कुल सर्वे – ३६,४८०
लाभग्राही सूचीमा परेका कुल संख्या – २१,१४३
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – १,६४३
अनुदान सम्झौता सम्पन्न – १९,९७०
पहिलो किस्ता वितरण – १९,४२८
दोश्रो किस्ता वितरण – १७,९९३
तेस्रो किस्ता वितरण – १४,१६०
सिन्धुली
कुल सर्वे – ६२,९०३
लाभग्राही सूचीमा परेका कुल संख्या – ३६,९३५
प्रवलीकरण सूचीमा परेका लाभग्राही संख्या – २,४०८
अनुदान सम्झौता सम्पन्न – ३३,१००
पहिलो किस्ता वितरण – ३३,१००
दोश्रो किस्ता वितरण – २५,६६०
तेस्रो किस्ता वितरण – ११,२१८