site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटनबोर्ड भन्छ–२०–२० लक्ष्य पूरा हुँदैन
SkywellSkywell

काठमाडौं । नेपाल पर्यटन बोर्डले २०–२० लक्ष्य (सन् २०२० सम्म २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने कार्यक्रम) पूरा नहुने बताएको छ । पर्यटन प्रवद्र्धनका लागि सरकारले सन्तोषजनक काम नगरेको पर्यटन व्यवसायीहरुले लगाइरहेका बेला नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले २०–२० लक्ष्य पूरा हुन नसक्ने बताएका हुन् ।

सन् ०१५ सम्म लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर राखिएको लक्ष्य थियो,” जोशीले भने, “यी विमानस्थल नबन्ने भएपछि यो लक्ष्य पूरा हुने देखिएन । तर पनि यसको छेउछाउसम्म भने पुग्न सकिन्छ ।”

उनले पर्यटनका लागि सबैभन्दा प्रभावकारी माध्यम सीधा हवाइ सम्पर्क नै भएको बताए ।

KFC Island Ad
NIC Asia

क्रिएटिभ मार्केटिङ
जोशीले भूकम्पले सुस्ताएको वाह्य पर्यटन व्यवसायलाई पुनः व्युँत्याउन सरकारले क्रिएटिभ मार्केटिङ गर्न लागेको जानकारी दिए । भूकम्पले नेपाल पर्यटनका लागि सुरक्षित छैन भन्ने सन्देश गइरहेका बेला केही नयाँ कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको भन्दै नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक जोशीले नेपाल सुरक्षित छ भनेर देखाउन पनि नयाँ कार्यक्रम ल्याउन लागेको स्पष्ट पारे ।

“हामी अहिलेसम्म पूराना बजार युरोप, भारत र साउथ इस्ट एसियामा मात्रै लक्षित थियौं त्यसैले गएको एक वर्षमा भियतनाम, कम्बोडिया लगायतका इमर्जिङ मार्केटमा गयौं,” कार्यकारी निर्देशक जोशीले भने, “म्यानमार, रसिया र इस्ट युरोप जाँदैछौं ।”

Royal Enfield Island Ad

३० प्रतिशत बढाउने लक्ष्य
युरोपबाट ०१७ मा कम्तिमा ३० प्रतिशत पर्यटक बढाउने लक्ष्य रहेको भन्दै जोशीले यसका लागि एनआरएनसँग पर्यटन प्रवद्र्धनका लागि भएको सम्झौताअनुसार कार्यक्रम गर्ने तयारी भइरहेको बताए ।

फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हामी विश्वबजारमा पुग्ने भन्दै उनले भने, “यसका लागि विभिन्न देशमा रहेका हाम्रा दूतावास र विभिन्न संघसंस्थाले फेसबुक क्याम्पेनिङ चलाउँदै हुनुहुन्छ ।”

भारत, श्रीलंका र भुटान चुनौती
भारत, श्रीलंका र भुटान नेपालको पर्यटनका लागि चुनौति रहेको उनको भनाइ छ । “भारत, श्रीलंका र भुटान लगायतका देशले पर्यटनका लागि ठूलो रकम छुट्याएका छन् । उनीहरुसँग जति हामीसँग मार्केटिङ गर्न पैसा छैन । त्यसैले नेपालमा घुम्नका लागि के छन् भनेर क्रिएटिभ म्यासेज विश्वमा पुर्याउनुपर्छ, यसका लागि हामी क्रिएटिभ म्यासेज डिजाइन गर्दैछौं,” जोशीले भने, “ब्राजिल, अर्जेन्टिनाका पर्यटक भारत आएर त्यहीँबाट फर्किनछन् । उनीहरुलाई कसरी नेपाल आएर मात्रै फर्किने वातावरण निर्माण गर्न सकिन्छ यो पनि हामीले सोच्नुपर्ने विषय हो ।”

बीबीसी, रोयटर्ससँग सहकार्य
जोशीले तीन हप्ताभित्र नेपालको पर्यटन प्रबद्र्धनका लागि बीबीसी, रोयटर्स लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुसँग  सहकार्य गर्ने पनि जानकारी दिए । यसअघि नेपालले नेसनल जोग्राफीसँग सहकार्य गरेको थियो ।

महत्वाकांक्षी योजना हैन
यता होटलसँग नेपाल (हान)ले सन् २०२० सम्म नेपालमा वार्षिक १८ लाख वार्षिक पर्यटक धान्ने होटल तयार हुँदैछन् । उक्त अवधीमा कम्तीमा पनि १८ लाख पर्यटक नआए होटलको लगानी खेर जाने हानका कार्यकारी निर्देशक प्रवेश अर्याल बताउँछन् ।

“यदी हामीले टार्गेट मिट गर्न सकेनौं भने हाम्रो लगानी खेर जान्छ, यसमा राज्यले सोच्नुपर्छ,” हानका प्रवक्ता विनायक शाह ले भने, “इच्छा शक्ति हुने हो भने यो महत्वाकांक्षी योजना हैन ।”

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७३  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro