site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्ववियु चुनावको चटारो : के गर्दैछन् विद्यार्थी संगठन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त सामुदायिक क्याम्पसमा आठ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । केही समयअघि बसेको त्रिवि सिनेटको बैठकले १४ फागुनमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेपछि विद्यार्थी संगठनमा ‘चुनावी चटारो’ छाएको छ ।

दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन ०६५ यता हुनसकेको छैन । विद्यार्थी संगठनबीच कसले बढी फर्जी विद्यार्थी भर्ना गर्ने भन्ने

विवाद हुँदा ०६९ सालमा अन्तिम समयमा निर्वाचन स्थगित भएको थियो । 

के गर्दैछन् विद्यार्थी संगठन ?
एमाले अखिल : 

एमाले निकट अनेरास्ववियुले निर्वाचनलाई लक्षित गरेर क्याम्पस–क्याम्पसमा चुनावी अभियान सुरु गरिसकेको अध्यक्ष नविना लामा बताउँछिन् । त्यसो त अनेरास्ववियुले उपाध्यक्ष महेश बर्तौलाको संयोजकत्वमा स्ववियु निर्वाचन सम्बन्धि गर्नुपर्ने आन्तरिक तयारीका लागि समिति नै खडा गरेको छ  । र, प्रचारमा जुटेको छ ।

“आठ वर्षपछि स्ववियु निर्वाचन हुँदैछ,” नविना लामाले बाह्रखरीसँग भनिन्, “हामी सबै काम थाती राखेर स्ववियु निर्वाचनको तयारीमा जुटेका छौँ ।”

नेविसंघ :
२८ वर्षे उमेर हदबारे विवाद भए पनि ‘हलो नअड्काउने’ र निर्वाचनमा जुट्ने कांग्रेस निकट नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । उनी भन्छन्, “स्ववियु नेविसंघको आन्दोलनबाट सिर्जित संस्था हो । मण्डले र आफूलाई वामपन्थी हुँ भन्ने विद्यार्थी संगठन अझै लोकतन्त्रप्रति प्रतिवद्ध हुन सकेका छैनन् । लोकतान्त्रिक पद्दतिको विकासका लागि पनि यसपटक स्ववियु निर्वाचन गराउने तयारीमा निर्वाचन जुटेको छ ।”

उनले नेविसंघले निर्वाचन लक्षित कार्यक्रम सुरू गरिसकेको पनि जानकारी दिए ।

क्रान्तिकारी :
नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी पनि निर्वाचनको तयारीमा जुटेको छ । क्रान्तिकारीका महासचिव वीरेन्द्र बस्नेत भन्छन्, “क्रान्तिकारीले उठाएकै मुद्दा अनुरूप यसपटक स्ववियु निर्वाचन हुँदैछ । २८ वर्षे उमेर हद, समानुपातिक निर्वाचन प्रणाली अखिल क्रान्तिकारीले नै उठाएका विषय हुन् ।”

उनले क्रान्तिकारीले निर्वाचन तयारीका लागि सात वटै प्रदेशमा भेला आयोजना गरेको जानकारी दिए । 

निर्वाचन हुने वातावरण बनिसकेकाले चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यौलता हटेको उनको भनाई थियो ।

विद्यार्थी संगठनका चुनावी एजेन्डा
अखिल :
 
एमाले अखिले त्रिविको शैक्षिक गुणस्तर अभिवृद्धि, पाठ्यक्रमको समयसापेक्ष सुधार, विश्वविद्यालयको भौतिक विकास, प्राज्ञिक उन्नयन, विद्यार्थीहरूको सिर्जनशीलता विकास नै मुख्य चुनावी एजेन्डा बनाएको अध्यक्ष लामाले जानकारी दिइन् । उनी भन्छिन्, “त्रिविले समयानुकूल शैक्षिक सुधारमा जोड नदिँदा त्रिविबाट वर्षेनी विद्यार्थी बाहिरिँदैछन् । विद्यार्थी संगठनको काम भनेको यो रोक्नु पनि हो । हाम्रो मुख्य चुनावी एजेन्डा यही हुनेछ ।”

उनले त्रिविको प्राज्ञिक विकासका लागि विकेन्द्रिकृत शिक्षा नीति लागु गर्नुपर्नेसमेत सुझाव दिइन् । 

नेविसंघ :
शैक्षिक प्रमाणपत्र धितोमार्फत  ‘सफ्ट लोन’ लिएर मेडिकल, इन्जिनियरिङ, कृषि प्राविधिक शिक्षा पढ्न पाउनुपर्ने, सातवटै प्रदेशमा मेडिकल, इन्जिनियरिङ, कृषि प्राविधिक क्याम्पस खोलिनुपर्ने लगायतका चुनावी एजेन्डा नेविसंघका छन् । त्यस्तै उसले विश्वविद्यालयको भौतिक पूर्वाधार विकास, परीक्षा हल नहुँदा परीक्षाका बेला दुई महिनासम्म क्याम्पस बन्द हुने परिपाटीको अन्त्य गर्नुपर्ने र परीक्षाका लागि मेघा हल निर्माण गर्नुपर्ने एजेन्डा अघि सारेको छ । 

“हामीले लोकतन्त्रको संस्थागत विकासका लागि स्ववियुको निर्वाचन भनेका छौँ, सर्वसुलभ, उत्पादनमुखी, प्रविधिमा आधारित शिक्षा नै आजको आवश्यकता हो, हाम्रा चुनावी एजेन्डा त्यही हुनेछन्” अध्यक्ष महरको भनाई थियो । 

उनले अवको शिक्षा नैतिकता र मानवता आधारित हुनुपर्ने र प्रत्येक नागरिकलाई समाज र देशप्रति जिम्मेवार बनाउनुपर्ने तर्क पनि गरे ।  

अखिल क्रान्तिकारी :
शिक्षामा सम्पूर्ण विद्यार्थीका पहुँच, पाठ्यक्रमको बहुआयामिक परिमार्जन, क्याम्पसहरूको संस्थागत विकास, भ्रष्टाचारमुक्त स्ववियु निर्माण, नियमित विद्यार्थीलाई स्ववियुको नेतृत्व हस्तान्तरण आदी क्रान्तिकारीको चुनावी एजेन्डा भएको महासचिव बस्नेत बताउँछन् । त्यसका अलावा विद्यार्थीलाई आंशिक समय रोजगारी दिएर उत्पादनतर्फ अभिप्रेरित गर्नुपर्ने, विद्यार्थीबाट शुल्क नलिने तर क्याम्पसले भौतिक शैक्षिक विकासका लागि त्रिभिको भर पर्नुनपर्ने गरी आर्थिक हिसाबले सवल बनाउनुपर्ने मुद्दालाई विद्यार्थीका बीचमा लैजाने तयारी क्रान्तिकारीको छ । 

“स्ववियु विद्यार्थी संगठनको भ्रष्टाचार सिक्ने थलो भएको छ । बूढो हुञ्जेल क्याम्पसको ढोका कुर्ने परिपाटीको अन्त्य गर्न सफल भएका छौँ । यही कुरालाई विद्यार्थीका बीचमा लैजान्छौँ,” बस्नेतले जानकारी दिए । 

बस्नेतले सेमेष्टर प्रणाली लगाउन त्रिवि हतारिएको र अहिले उसैलाई घाँडो भएको तर्कसमेत गरे । “सेमेष्टर प्रणालीले  त्रिविमा द्वेध विद्यार्थी उत्पादन भइरहेका छन् । त्रिवि केन्द्रीय क्याम्प पढ्नेले सेमेष्टर पढ्छन् । आंगिक क्याम्पस पढ्नेले त्यो सुविधा पाउन सकेका छैनन् । यो कुरालाई पनि हामी विद्यार्थीको बीचमा लैजान्छौँ,” उनले थपे ।

त्रिविको तयारी
त्रिविअन्तर्गतका ६० वटा आंगिक क्याम्पस र करिब १५० सम्बन्धनप्राप्त सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । विद्यार्थी संगठनसँग बसेर आचारसंहिता बनाउनेलगायत काम भइरहेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगा थापाले जानकारी दिए ।

उनकाअनुसार माघ १४ गते भित्रमा कार्यतालिक सार्वजनिक गर्ने तयारी त्रिविको छ । “निर्वाचन हुने भनेपछि विद्यार्थी संगठनमा उत्साह छाएको छ । हामीले पनि आवाश्यक तयारी गरेका छौँ । निर्वाचन हुनेमा विश्वस्त भएहुन्छ ,” उनले भने । 

उनले विद्यार्थी संगठनले पनि जिम्मेवार भएर निर्वाचन गराउने वातावरण बनाउनुपर्ने तर्क गरे । त्यस्तै, आचारसंहिता पूर्णरूपमा परिपालना गराउने पनि जिकिर गरे । केही क्पाम्पसका भित्तामा भित्ते लेखन भइरहेको सूचना आएको भन्दै त्यसलाई मेटाउने उनको भनाइ थियो ।

उनले निर्वाचन तालिका सार्वजनिक भइसकेपछि भर्ना रोक्ने र फर्जी विद्यार्थी भर्ना हुन नदिनेसमेत बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७३  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro