site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतले भन्यो– पाकिस्तानमाथिको आक्रमण एक नेपालीसहित २६ जनाको हत्याको जवाफ

काठमाडौं । भारतीय सेनाले पाकिस्तान र पाकिस्तानअधिकृत जम्मु कश्मिरमा रहेका केही संरचनाहरूमा लक्षित हमला गर्दै ‘अप्रेसन सिन्दूर’ नामक कारबाही प्रारम्भ गरेको छ । भारतले यसलाई केही दिनअघि पहलगाममा भएको आक्रमणको जवाफी कारबाही भनेको छ । जहाँ एक नेपालीसहित २५ भारतीयको मृत्यु भएको थियो । 

भारतले भने 'आतंकवादी' संरचनामाथिको आक्रमण भनेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

defenceminister--1746572766.jpg
 

भारतको रक्षा मन्त्रालयले बुधबार राति १:४४ बजे सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, "थोरै समयअघि भारतीय सशस्त्र बलले ‘अप्रेसन सिन्दूर’ आरम्भ गर्‍याे, जसमा पाकिस्तान र पाकिस्तानअधिकृत जम्मु कश्मीरमा रहेका आतंकवादी पूर्वाधारहरूमा आक्रमण गरियो।"

आक्रमणमा जम्मा नौ स्थानहरूलाई लक्षित गरिएको जनाइएको छ। 

विज्ञप्तिमा थप भनिएको छ, "हाम्रा कारबाहीहरू कुनै पनि पाकिस्तानी सैन्य संरचनालाई निशाना बनाइएको छैन ।"

भारतीय सेनाले पछिल्लो समय जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि यस्तो कारबाही थालेको हो। उक्त आक्रमणमा एक जना नेपालीसहित २५ जना भारतीय नागरिकको हत्या भएको थियो ।
"यस आक्रमणको जिम्मेवारी लिनेहरूलाई जवाफदेही बनाइने हाम्रो प्रतिबद्धतालाई हामी पूरा गर्दैछौं," विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले ‘अप्रेसन सिन्दूर’ सम्बन्धी विस्तृत जानकारी दिन थप ब्रिफिङ दिन लागिएको पनि जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०४:३२
प्रतिक्रिया दिनुहोस्