site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको प्रतिक्रिया– भारतले पाकिस्तानको सार्वभौमिकता उल्लङ्घन गर्‍यो

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय वायुसेनाले पाकिस्तानको सार्वभौमसत्ता उल्लङ्घन गरेको जनाएको छ । 

भारतले मंगलबार मध्यराति पाकिस्तानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेसँगै पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको यो आक्रमणबाट महिला र बालबालिकाको निधन भएको जनाएको हो । 

“भारतीय वायुसेनाले भारतीय हवाई क्षेत्रमा रहँदा पाकिस्तानको सार्वभौमसत्ता तोड्दै पाकिस्तानको सार्वभौमिकता उल्लङ्घन गरेको छ । मुरिदके र बहावलपुरको अन्तर्राष्ट्रिय सीमा पारि, आजाद जम्मू–कश्मिरको कोटली र मुजफ्फराबादको नियन्त्रण रेखा पारि नागरिक जनसंख्यालाई लक्षित गर्दै एक अप्रत्याशित र स्पष्ट युद्ध कार्य गरेको छ,” पाकिस्तानी विदेश मन्त्रलायको विज्ञप्तिमा उल्लेख छ, “भारतको आक्रामक कार्यले महिला र बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको छ । यो आक्रामक कार्यले व्यावसायिक हवाई यातायातमा पनि गम्भीर खतरा निम्त्याएको छ ।” 

पाकिस्तानी सञ्चारसंस्था डानका अनुसार भारतको यो आक्रमणबाट हालसम्म तीनजनाको निधन भइसकेको छ । यस्तै, १२ जना घाइते भएका छन् । यता, भारतले भने यसलाई आंतकवादी शिविरमा गरिएको कारवाही भएको जनाएको छ । भारतको कश्मिर पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारवाही गरेको भारतले जनाएको छ ।

भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित २६ जनाको निधन भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro