site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । नेपालमा होटल व्यवसायको क्षेत्रमा ५ लाख जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यो तथ्यांक होटल संघ नेपालमा दर्ता भएका होटलमा रोजगार पाएकाहरुको मात्र हो । एक जना व्यक्तिमा ५ जनाको परिवार आश्रित हुने हो भने २५ लाख व्यक्ति दैनिक जिविको पार्जनका लागि होटलमा आश्रित छन् । यो बाहेकसाना होटलमा पनि रोजगारी गर्नेको संख्या पनि उल्लेख्य छ ।

होटलमा रोजगारी पाउनेमा ३० प्रतिशत महिला छन् । होटल महिलाले रोजगारी पाउने कम्पनीमा विश्वमै अग्रणी स्थानमा मानिन्छ ।
होटल संघ नेपालमा १ हजार १५० होटल दर्ता भएका छन् । हानमा प्रत्यक्ष ३२७ छन् र देशभर रहेका १२ शाखामा ८२३ गरी १ हजार १५० होटल हानमा दर्ता भएका छन् ।
“जति होटल थपिँदै गयो त्यति नै रोजगारी पनि बढ्दै जाने हो,” होटल संघ नेपाल (हान) का महासचिव तथा  प्रवक्ता विनायक शाह भन्छन्, “पर्यटकको आगमन र आन्तरिक पर्यटनको संस्कृति बढेसँगै रोजगारी पनि त्यही अनुपातमा बढ्दै जान्छ ।”

KFC Island Ad
NIC Asia

विश्व व्यापार संगठनका अनुसार एक जना पर्यटक आउँदाहोटल, सवारी, पथप्रदर्शक लगायत औषतमा ११ जनाले रोजगारी पाउँछन् ।

हानमा आबद्ध भएका होटलमा अहिले ३८ हजार बेड क्षमता छ । यी बेडमा करिव ८० प्रतिशत भने काठमाडौंमा, १८ प्रतिशत पोखरा र ५ प्रतिशत चितवनमा रहेको प्रवक्ता शाह बताउँछन् ।

Royal Enfield Island Ad

अहिले औषतमा ३८ हजारको ५५ प्रतिशत ‘अकुपेन्सी’ छ । प्रवक्ता शाक्यका अनुसार पर्यटनको ४५ प्रतिशत भने आन्तरिक पर्यटनले धान्दै आएको छ ।
“सन् २०२० सम्म नेपालमा वार्षिक १८ लाख वार्षिक पर्यटक धान्ने हामीसँग होटल तयार हुँदैछन् । हामीले उक्त अवधीमा  ल्याउने योजना छ,” प्रवक्ता शाक्यले भने, “यदी हामीले टार्गेट मिट गर्न सकेनौं भने हाम्रो लगानी खेर जान्छ । तर, इच्छा शक्ति हुने हो भने यो महत्वाकांक्षी योजना भने हैन ।”
प्रकृतिले दिएको सम्पदालाई प्रचारप्रसार गर्नसके मात्रै पनि नेपालमा पर्यटन प्रबद्र्धन गर्न सकिने उनको भनाइ छ ।

उनी भन्छन्, “तीन दशकपछि नेपालमा इन्टरपोलको बैठक भइरहेको छ, भीआएपी आएका छन्, एयरपोर्टबाट सोल्टी पुग्न कम्तिमा २ घण्टा लाग्छ, बाटो खनेर बिगारिएको छ, तर पाइप पुरेपछि महिनौ बितेपनि सडक बनाइएको छैन । यस्तो नेपाल देखेर आएकाहरुले कस्तो सन्देश लैजान्छन् । र व्यापार प्रर्वद्धन हुन्छ ?”
“हामीले गर्न सक्ने धेरै ठाउँछन् । सरकार र निजी क्षेत्र दुवै मिलेर गर्ने हो भने छोटो समयमा नेपालको ठूलो संख्यामा पर्यटक बढाउन सकिन्छ,” हानका निर्देशक प्रवेश अर्याल भन्छन्,” हाम्रो मार्केटिङ जहाँ कम छ त्यहाँ गरे पुग्छ । यसका लागि सरकारले समन्वयकर्ताको भूमिका खेलिदिएमात्र पुग्छ ।”

उनले ल्याटिन अमेरिकी मुलुकमा नेपाली पर्यटनको मार्केटिङ गर्नुपर्ने आवश्यकता औंल्याए । अहिलेसम्म होटलहरुले आफ्नै तरिकाले प्रचारप्रसार गरिरहेको भन्दै उनले भने, “सबै सरकारले गरिदिनुपर्छ भन्ने होइन तर सरकारले राज्यकातर्फबाट समन्वयकारी भूमिका खेलिदियो भने निजी क्षेत्रलाई पहुँच र प्रवद्र्धनका हिसावले सहज हुन्छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७३  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro