site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । नेपालमा एक पर्यटकले दैनिक ५ हजार खर्च गर्ने गरेको पाइएको छ । औषतमा एक दिनमा एक जना पर्यटकले औषत ४६ डलर अर्थात ४ हजार ९६८ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक छ । होटल संघ नेपाल (हान) का अनुसार सन् २०१४ मा पर्यटकको दैनिक खर्च ३५ डलर थियो ।

विदेशी पर्यटक औषतमा नेपालमा दैनिक ११ देखि १३ दिन बस्छन् । यो अवधीमा उनीहरुले काठमाडौंमा साढे दुई दिन मात्रै बिताउँछन् । “पर्यटक नेपालमा बस्ने औषतमा ११ देखि १३ दिन हो त्यसमा पनि काठमाडौंमा तीन रात मात्रै बिताउने गरेको पाइएको छ,” हानका कार्र्यकारी निर्देशक प्रवेश अर्याल भन्छन्, “उपत्यका बाहिरको तुलनामा काठमाडौंमा पर्यटकको बसाई निकै कम हो ।”

आवश्यक प्रचारप्रसार र अनुकुल वातावरण नै यसको मुख्य कारण हुन सक्ने उनको भनाइ छ । “पर्यटकलाई काठमाडौंमा थप समय राख्न सक्ने पर्यटक अझै बढी समय नेपाल बस्ने अवस्था रहन्थ्यो,” निर्देशक अर्यालले भने, “यसका लागि काठमाडौंमा पर्यटकलाई आकर्षित बनाउने पूर्वाधारको विकास गर्नुपर्ने समय आइसकेको देखिन्छ ।”

नेपालमा धेरै भारत र चीनबाट पर्यटक आउँछन् । हवाइ मार्ग भएर आउने पर्यटकको संख्या चिनियाँको उल्लेख्य छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१६ मा चीनबाट ८० हजार ५५८ पर्यटक नेपाल भित्रिएका छन् ।

हानका अनुसार चिनियाँ पर्यटक ‘क्रस फुड’ रुचाउँदैनन् । उनीहरु स्वेदेशी खाना नै खानाको रुपमा चाहन्छन् । “चिनियाँहरुको आफ्नै विशेषता हुँदोरहेछ,” कार्यकारी निर्देशक अर्यालभन्छन्, “उनीहरु नेपालमा आए पनि चिनियाँ खाना नै खान खोज्छन् । त्यसैले पनि उनीहरुलाई हामीले काठमाडौंमा धेरै समय अड्याउन नसकेको हुन सक्छ ।”चिनियाँ पर्यटक विशेष गरी पोखरा जाने गरेको पाइएको छ । पोखरामा चिनियाँ होटल पर्याप्त मात्रामा छन् ।”

नेपालमा आउनेमध्ये सबैभन्दा धेरै खर्च गर्नेमा भारतीय पर्यटक पर्छन् । नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउँछन् । ०१६ मा भारतबाट १ लाख १८ हजार २४९ पर्यटक नेपाल भ्रमणमा आएका अध्यागमनको तथ्यांकमा उल्लेख छ ।

हानका प्रवक्ता तथा महासचिव विनायक शाहका अनुसार युरोप तथा अमेरिकन मुलुकबाट आउने भन्दा भारतबाट आउने पर्यटकले दैनिक खर्च बढी गर्छन् । “सबै मुलुकको गरेर ४६ डलर पर्यटकको औषत खर्च हो,” प्रवक्ता शाह भन्छन्, “यसमा प्रत्येक देशको हेर्ने हो भने भारतीयहरु ४६ डलर भन्दा निकै धेरै खर्च गर्छन् ।”

उनका अनुसार सबैभन्दा धेरै आन्तरिक पर्यटकले खर्च गर्छन् । तर यो सिजनल मात्रै हुन्छ । निर्देशक अर्यालका अनुसार औषतमा ४५ प्रतिशत ‘अकुपेन्सी’ आन्तरिक पर्यटककै रहन्छ । उनी भन्छन्, “सबै देशका पर्यटकले खोजे जस्तो होटल बनाउन सक्ने हो भने अझै धेरै पर्यटकको गन्तव्य नेपाल हुने सम्भावना छ ।

“सिजनमा अहिले भएका होटलमा रोजेर पर्यटक बस्न सक्ने अवस्था छैन । हामीले चिनियाँ पर्यटकलाई लक्षित गरेर मात्रै पनि होटल र खानाको विस्तारमा लगानी गर्नसक्ने हो भने पर्यटन प्रबद्र्धनको सम्भावना उच्च छ,” उनले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७३  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro