site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । यो वर्ष रिलिज भएका चलचित्र ‘छक्का पञ्जा’, ‘वीरबिक्रम’, ‘चपली हाइट–२’, ‘जात्रा’ लगायतका चलचित्रले करोडभन्दा माथिको ग्रस कलेक्सन गरे । राम्रो चलचित्र बने नेपाल पनि चलचित्रको राम्रो बजार भएको यी चलचित्रले प्रमाणित गरे तर अझै यसमा ठूला व्यापारिक घरानाको आकर्षण भने देखिएन ।

एउटै चलचित्रले करोडौंको व्यापार गर्न थाले पनि व्यापारिक घराना नेपाली चलचित्र उद्योगमा आकर्षित नहुनु दुर्भाग्य भएको चलचित्रकर्मीहरु बताउँछन् ।
नेपाली सिने जगतले उद्योगको रुप लिइसके पनि नेपालका ठूला व्यापारिक घरानाहरुले चलचित्रमा लगानी गर्न इच्छा नदेखाउनु दुःखद् भएको चलचित्र निर्देशक तथा निर्माताहरु बताउँछन् ।

“व्यापारिक घरानाको लगानी हुँदै नभएको भन्ने होइन, नेपाली चलचित्र सुरुआतको चरणमा लगानी भएको थियो,” चलचित्र वितरक गोपाल कायस्थ भन्छन्, “भिजा गर्लमा पनि सीजीले लगानी गरेको थियो तर निरन्तरता दिन सकेन ।”

चलचित्रले विस्तारै उद्योगको रुप लिइसकेको भन्दै उनले निर्माता तथा निर्देशकरुले ठूला घरानाबाट ठूलै रकम लिएर बजेट अनुसारको चलचित्र नबनाउँदा ठूला व्यापारीहरु टिक्न नसकेको उनले बताए ।

“खराब चलचित्रकर्मीसँग उहाँहरु पुग्नु यसको मुख्य कारण हो । भोला रिजाल चलचित्र भनेपछि हुरुक्कै हुने मान्छे उहाँ पनि यो क्षेत्रबाटै पलायन हुनुभयो,”कायस्थले भने, “मैले भर्खरै उहाँलाई भेटेर सबै निर्देशक र निर्माता खराब हुँदैनन् भनेको छु । उहाँ फेरि लगानी गर्न सहमत हुनुभएको छ ।”

निर्देशक प्रदीप भट्टराई ठूला व्यापारिक घरानाले चलचित्रउद्योगमा निरन्तरता नदिनुमा चलचित्रकर्मीकै हात रहेको स्वीकार्छन् ।

“नेपालका ठूला व्यवसायी यो उद्योगमा रहनु भनेको हाम्रै लागि राम्रो हुन्थ्यो तर उहाँहरु आएर पनि बाहिरिनु हाम्रै दुर्भाग्य हो,” निर्देशक भट्टराई भन्छन्, “हामी निर्देशक तथा निर्माताहरु यिनीहरुसँग टन्नै बजेट छ भनेर जतिसक्दो धेरै पैसा लिने तर राम्रो काम नगर्दा चलचित्रबाट ठूलो रकम गुम्छ । यही कारण उहाँहरु दोहोर्याएर लगानी गर्नुहुन्न ।”

अन्य ठूला उद्योगमा लगानी गर्ने उद्योगीले इमान्दारीतापूर्वक काम गर्ने क्षमतावान निर्देशक पाएको खण्डमा यो क्षेत्रमा लगानी गरिरहने उनको भनाइ छ ।
पैसा भएका व्यक्तिलाई फसाइदिने ‘मुर्गा प्रवृत्ति’ को अन्त्य नभएसम्म व्यापारिक घरानाको ‘कम व्याक’ र निरन्तरता नहुने उनीहरुको भनाइ छ ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७३  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro