site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले आफू मातहतमा रहेका उद्योगमा ५० हजार नागरिकले रोजगारी पाएको बताएको छ । ८ वर्ष अगाडि स्थापना भएको संघमा रहेका एक सयभन्दा धेरै उद्योगमा रोजगारी गर्ने ५० हजार नागरिक मध्ये ९५ प्रतिशत महिला रहेको संघका अध्यक्ष नरेशलाल श्रेष्ठले जानकारी दिए ।
वार्षिक डेढ अर्बको सामग्री निर्यात गर्दै आएको संघमा रहेका उद्योगमा २ अर्ब लगानी रहेको छ ।

“वार्षिक रुपमा ५० करोड सम्मको कच्चा पदार्थ आयात गर्दै आएका छौं,” अध्यक्ष श्रेष्ठले भने, “कच्चा पदार्थ आयात गर्ने हाम्रो मुख्य राष्ट्र न्युजिल्यान्ड हो ।”
उद्योगका लागि आवश्यक दक्ष र अर्धदक्ष जनशक्ति उत्पादनका लागि हस्तकला महासंघसँग सहकार्य गरेर तालिममा दिँदै आएको संघले यसका लागि सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

“अहिले ठूलो संख्यामा जनशक्ति विदेश पलायन भइरहेको अवस्था छ, यहाँ दक्ष जनशक्तिको अभाव छ,” अध्यक्ष श्रेष्ठले भने, “हामी निजी क्षेत्र दक्ष जनशक्ति उत्पादनका लागि पहलकदमी गर्छौं, सरकारले तालिम दिने व्यवस्था गरोस् ।”

कच्चा पदार्थका लागि विदेशमा निर्भर हुनु परिरहेको भन्दै अध्यक्ष श्रेष्ठले भने, “हामीलाई कच्चा पदार्थका लागि सरकारको सहयोग आवश्यक छ । न्युजिल्यान्डबाट उन्नतजातका भेडा नेपाल ल्याएर ऊन बनाउन सरकारले पहल गर्नुपर्छ ।” यस्तै श्रेष्ठले आफ्नो उत्पादन परीक्षणका लागि भारत र चाइना पठाउनु पर्ने अवस्था रहेको भन्दै नेपालमै ल्याव स्थापना गरिदिन सरकारसँग आग्रह गरे ।   

सरकारले दिँदै आएको अनुदानको प्रक्रिया निकै झन्जटिलो भएको भन्दै उनले राज्यले दिने ऋण चुक्ता गर्ने समय ६ महिना बढाएर एक वर्ष पुर्याउनुपर्ने बताए ।
श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशत बृद्धि भएको छ । गत वर्षको पहिलो चौमासिकको तुलनामा यो पहिलो चौमासिकमा २५ प्रतिशतले बृद्धि भएको छ ।

ऊनीमा साम्रगी उत्पादन तथा निर्यात गर्दै आएको संघको मु्ख्य बजार युरोप र अमेरिकाका विभिन्न बजारसँगै एसियाका केही देश पनि हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७३  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro