site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिलायन्स स्पिनिङ मिल्सको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा वृद्धि भएको भएको छ ।

कम्पनीले चालु आवको चैतसम्ममा एक अर्ब दुई करोड ८५ लाख सात हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो । 

गत आवको असारको तुलनामा चालु आवको चैतसम्ममा कम्पनीको कुल नाफा १६ करोड ३४ लाख ४७ हजार रुपैयाँले बढी हो । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा अधिकांश सूचकहरूमा वृद्धि गरेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि चालु आवको दोस्रो त्रैमासमा कम्पनीको ईपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो । 

गत आवको असारमा कम्पनीको ईपीएस दुई रुपैयाँ ९५ पैसा थियो । त्यसपछि चालु आवमा क्रमशः बढेर तेस्रो त्रैमाससम्ममा २५ रुपैयाँ ४९ पैसा कायम भएको हो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सले सात अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असारसम्मा कम्पनीको व्यापार नौ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । 

कम्पनीको अन्य आम्दानी चार करोड २७ हजार रुपैयाँ छ । चालु आवको चैतसम्ममा कम्पनीको कर तिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ्स मिल्सले स्थापनाको २७ वर्षसम्ममा चार हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको बताइएको छ । साथै लगानी पनि बढेर १५ अर्बभन्दा बढी पुगिसकेको छ । 

यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । 

सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ ।

कम्पनीले केही वर्षदेखि नै वैकल्पिक ऊर्जा व्यवस्थापन र प्रयोग समेत गर्दै आइरहेको छ । आफ्नै सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको हो । 

रुफटपमा राखिएको सोलार प्यानलले नौ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । विगतदेखि नै अघोषित लोडसेडिङ भइरहने गरेकाले उद्योगले वैकल्पिक ऊर्जा व्यवस्थापन गरेको बताइएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro