site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘अनुशासन’ मा चुकेको सातौं राष्ट्रिय खेलकुद 
Sarbottam CementSarbottam Cement

इटहरी । एउटा चौकाको विषयलाई लिएर विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको महिला टिमले अन्तिम समयमा खेल बहिस्कार गर्यो । अनुशासनलाई न्यूनतम शर्त मान्ने विभागीय टिमका खेलाडीले मैदान छाड्दै अश्लिल व्यहोरा देखाउन भ्याए । एपिएफको महिला टिमको उदण्ड व्यवहारको सर्वत्र आलोचना भयो  ।
पुर्वाञ्चलका विभिन्न सहरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहदा रेफ्रीको निर्णयका बिरुद्ध खेलाडी हातपातमा उत्रिए । खेलको स्थापित मूल्य र मान्यताभन्दा बाहिर गएर खेलाडीले गरेको अभद्र व्यवहारले सातौं राष्ट्रिय खेलकुदलाई विवादरहीत बनाउन सकेन ।
दिनप्रतिदिन रेफ्री तथा निर्णायकहरु खेलाडीको भौतिक आक्रमणको निशाना बन्दा नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) मुकदर्शक बनेर बसेको छ ।
यसकिसिमका घटना खेलकुद क्षेत्रकै लागि दुःखद भएको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक विष्टले भने, “खेलाडीको क्रियाकलाप अनुशासन बाहिर छ । सम्बन्धित निकायले छानबिन गरेर कारबाही गर्नुपर्छ ।”
खेलाडीका लागी राष्ट्रिय खेलकुद र फेयर प्ले (अनुशासन) एक अर्काको परिपुरक नै हो । जब राष्ट्रिय खेलकुद आयोजना हुन्छ, खेलाडीले आफ्नो खेल प्रदर्शन गर्ने मौका पाउँछ । अनि त्यहाँ सुरु हुन्छ, ‘फेयर प्ले’ को महत्व ।

तर, पुर्वाञ्चलको विभिन्न शहरमा जारी राष्ट्रिय खेलाडीहरुको कुम्भमेला सातौं राष्ट्रिय खेलकुदमा भने खेलाडीहरूमा ‘स्पोर्ट्सम्यानसिप’ देखिएको छैन । चिनिएका खेलको चिनिएका खेलाडीहरु ‘फेयर प्ले’बाट चुकेका छन्  । 
नेपालमा चर्चित र जारी सातौं राष्ट्रिय खेलकुदकै आकर्षक मानिएका खेलहरु एथलेटिक्स, क्रिकेट, भलिबल, ह्यान्डबल र करातेलगायत खेलका खेलाडीहरुले अनुशासन बिर्सिएको आरोप लागेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय स्तरका खेल खेलिसकेका खेलाडीहरु पनि ‘स्पोर्ट्सम्यानसिप’मा चुके । 
गत मंगलबार इटहरी रंगशालाको एथलेटिक्स ट्रयाकमा १० हजार मिटर दौडमा खेलाडीबीच ठेलमठेल भयो । ओलम्पियन समेत रहेका आर्मीका हरिकुमार रिमाल, स्वर्ण बिजेता एपिएफका गोपिचन्द्र पार्कीबीच ट्रयाकमा दौडिरहँदा खेलाडी अनुशासनविहीन कार्य देखियो । ट्रयाकमा सँगै रहेका दुईबीच अघि बढ्नेक्रममा ठेलमठेल गरे ।
त्यही रंगशालामा मंगलबार नै भलिबल खेलमा रेफ्री विनय राईलाई खेलाडीले हातपात गरे । आर्मी क्लब र पश्चिमाञ्चलबीचको सेमिफाइनल खेलपछि पश्चिमाञ्चलका खेलाडीहरु रेफ्री राईमाथि जाईलागेका हुन् ।

त्यसपछि नेपाल भलिबल संघले दुव्र्यवहार गर्ने तीन खेलाडीलाई एक वर्षको लागि प्रतिबन्ध लगायो । त्यतिमात्र हैन पश्चिमाञ्चल भलिबल टोली कास्य पदकका लागि खेलै खेल्न आएनन् । त्यही दिन इटहरीको डिपोट स्कुलको मैदानमा एपिएफ क्लबका महिला खेलाडीले लज्जास्पद कार्य गरे । 
बुधबार पनि त्यस्तो घटना रोकिएन ।

Global Ime bank

विराटनगरमा भएको ह्यान्डबल खेलमै पनि रेफ्री कुटिए । आर्मीविरुद्धको फाइनल खेलमा पश्चिमाञ्चलका खेलाडीले भारतीय रेफ्रीलाई हातपात गरेका थिए । त्यसपछि संघले पश्चिमाञ्चलका प्रशिक्षक र तीन खेलाडीलाई एक वर्षको प्रतिबन्ध लगायो । 
घरेलु खेलकुदकै कुम्भमेला राष्ट्रिय खेलकुदमा यस प्रकारको घटना दोहोरिइरहनु सिंगो खेलकुदको दुर्भाग्य मान्छन् तेक्वान्दोको पूर्वकीर्तिमानी खेलाडी तथा ओलम्पियन दिपक विष्ट । खेल दौरान खेलाडीहरु अनुशासनमा रहनुपर्ने उनको भनाई छ । “खेल, खेलाडी र अनुशासन एक अर्काको परिपुरक हो,” उनले भने, “अनुशासनविनाको खेलाडी खेलाडी हुनै सक्दैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७३  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement