site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । कुनै समय थियो नेपाली चलचित्रमा केही नायक नायिकाको एक छत्र राज चल्थ्यो । हरेक साता रिलिज हुने चलचित्रमा एउटै अनुहार दोहोरिन्थे । निर्माताहरु कलाकारको  समयका लागि छायांकनको मिति नै सार्न तयार हुन्थे । वितरकले चलचित्र निर्माता तथा निर्देशकलाई कलाकार सिफारिस गर्थे । 
तर, अहिले समय फेरिएको छ । हरेक चलचित्रमा नयाँनयाँ अनुहार ‘लिड रोल’ मा देखिन्छन् । पुराना चलचित्रकर्मीलाई पर्दामा देख्न हम्मेहम्मे पर्न थालेको छ । त्यो बेलाका ‘स्टार’हरु अहिले ‘आउटडेटेड’ जस्ता भएका छन् । 
छेवैको बलिउडमा हाम्रा राजेश हमाल, शिव श्रेष्ठ र भुवन केसीकै उमेरका ‘स्टारडम’ सलमान, अजय देवगनहरुलाई खोलाउन सयौं निर्माता तथा निर्देशक लालायित हुन्छन् । अझै उनीहरु हिरोइनको पछि दौडिन्छन् र पनि फिल्म सफलताको लागि उनीहरुको नाम नै काफी छ, उमेर गौण छ । उमेरले नेटो काटे पनि अमिताभका फिल्म हेर्न विश्व चलचित्र बजार प्रतिक्षा गरेर बस्छ ।  
तर, नेपालमा उमेर छिप्पदै गएपछि कलाकारहरु समग्र चलचित्र उद्योगलाई नै डोर्याउने नायक नायिकाहरु फुर्सदिला हुन्छन् किन ?   
व्यक्ति हेरेर कथा लेख्न नसक्नु नै पुराना कलाकारलाई समेट्न नसक्नुको मुख्य कारण रहेको पुराना तथा अनुभवी निर्देशक लक्ष्मीनाथ शर्माको भनाइ छ । 
“उहाँहरु यही चलचित्र उद्योगमा जन्मनुभयो, आफ्नो उर्जाशील समय खर्चिनु भयो, उहाँहरु यो उद्योग छाडेर जान सक्नुहुन्न,” निर्देशक शर्माले भन्छन्, “उहाँहरुको उमेर हेरेर कथा लेख्न सक्ने व्यक्तिको कमजोरी हो ।”
पुराना कलाकारलाई दर्शकले नरुचाएको नभएर उनीहरु सुहाउँदो कथा लेख्ने व्यक्ति र निर्देशकको अभाव हो, उनले भने, “निर शाह, टिका पहाडी, हरीहर शर्मा अभिनय गर्नकै लागि जन्मिनुभएको हो उहाँहरु चलचित्रलाई छोडेर जान सक्नुहुन्न ।”
व्यक्ति हेरेर स्क्रिप्ट भने लेख्न नहुने भन्दै शर्माले चरित्र बलियो हुनेगरी चलचित्र बनेमा पुरानो पुस्तालाई पनि समेट्न सकिने बताए । 
निर्देशक तुलसी घिमेरेलाई पनि यो विषयले बेला बेलामा घच्घच्याउँदो रहेछ । “मेरो मनमा पनि यो कुरा बेला बेलामा आइरहन्छ,” निर्देशक घिमिरेले भने, “उहाँहरुको अनुभव र योगदानलाई हामीले भुल्नुहुन्न ।”
केही वर्षयता नयाँ युवा पुस्तामा मात्रै निर्माता तथा निर्देशक केन्द्रित रहेको उनको भनाइ छ । “युवाहरुका लागि केन्द्रित भएर चलचित्र बनिरहेकाले मात्रै हो, केही समयपछि फेरि पुराना कलाकारलाई पनि सम्झने दिन आउँछ,” निर्देशक घिमिरे भन्छन्, “केही मेकरहरुसँग मैले पनि कुराकानी गरेको थिएँ । यहाँहरुले कथा नभएर हो भन्नु भएको छ ।”  
आफ्नो अर्को चलचित्रमा पुराना कलाकारलाई लिएर बनाउने सोच रहेको पनि उनले सुनाए । “म आफ्नै नेक्स्ट प्रोजेक्टमा यही सोचिरहेको छु,” घिमिरे हाँस्दै भन्छन्, “अब राजेशलाई हिरोइनका पछाडी कुदाउन त सकिँदैन र मिल्दैन पनि तर उहाँहरुका लागि स्ट्रङ चरित्र सिर्जना गरेर मुख्य रोलमा अभिनय गराउन सकिन्छ ।” 
भारतमा अमिताभ बच्चन अहिले पनि मुख्य चरित्रमा अभिनय गरिरहेको प्रसंग कोट्याउँदै निर्देशक घिमिरेले कथा बलियो बनाउन सके उमेर गौण विषय भएको बताए । 
करिव दुई दशक नेपाली चलचित्र उद्योगमा दबदबा रहेका कलाकारहरु राजेश हमाल, शिब श्रेष्ठ, भुवन केसी, करिष्मा मानन्धरलगायतका थुप्रै कलाकार अहिले चलचित्रमा देखिन छाडेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७३  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro