site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिन्दी सिनेमामार्फत बाहिरिन्छ वार्षिक १ अर्ब रूपैयाँ
SkywellSkywell

काठमाडौं । हिन्दी चलचित्रले नेपालबाट वार्षिक एक अर्ब रुपैयाँ भारत लैजाने गरेको पाइएको छ । नेपालमा चलचित्रको बजार सानो भएको चलचित्रकर्मीहरुले  बताइरहेका बेला वार्षिक ८० करोड देखि एक अर्ब रुपैयाँ नेपालबाट भारतीय चलचित्रले लैजाने गरेका हुन् ।
“नेपाली बजारबाट वार्षिक एक अर्ब रुपैयाँ भारतीय चलचित्रले लगिरहेका छन्,” चलचित्र वितरक गोपाल कायस्थले भने, “यो रकम नेपाली चलचित्रका लागि निकै ठूलो रकम हो ।”

यो तत्थ्यांक नेपाली चलचित्र वितरकले हिन्दी चलचित्र किनेर ल्याएको र ति चलचित्रले गरेको व्यापारका आधारमा आएको वितरक कायस्थ बताउँछन् ।

KFC Island Ad
NIC Asia

सुरुआतका वर्षमा भारतको पटनाका चलचित्र वितरकबाट नेपालीले चलचित्र किन्ने गरेकोमा अहिले भने सीधै प्रोड्युसर तथा निर्माण कम्पनीबाट चलचित्र खरिद् गर्ने गरिएको छ । “पटनाबाट चलचित्र किन्दा त्यहाँका डिलर तथा वितरकहरुसँग सँधै लफडा हुन थालेपछि सीधै मुम्बइबाट प्रोडुसर तथा निर्माण कम्पनीसँग चलचित्र किन्न थालिएको हो,” वितरक कायस्थले भन्छन्, “व्यक्तिगत र संस्थागत सम्बन्धका आधारमा नेपालीले हिन्दी चलचित्र किन्दै आएका छन् ।

नेपालबाट अहिलेसम्म सबैभन्दा धेरै कलेक्सन गरेर लैजाने हिन्दी चलचित्र आमिर खानको ‘पीके’ हो । दुई करोड २५ लाख भारुमा किनिएको यसले थप दुई करोड नाफा कमाएको थियो । सलमानको ‘सुल्तान’ नेपालमा सबैभन्दा धेरै रकम खर्चिएर प्रदर्शनमा ल्याएको चलचित्र हो । गोपीकृष्ण मुभीजले ‘सुल्तान’ दुई करोड ४५ लाख भारुमा खरिद् गरेको थियो ।

Royal Enfield Island Ad

सामान्य कलाकारले अभिनय गरेका हिन्दी चलचित्र भने ५ देखि १२ लाखमा किन्ने गरेको चलचित्र वितरकहरु बताउँछन् ।
हिन्दी चलचित्रले नेपालमा क्यूएफएक्स, गोपीकृष्ण, गुणलगायतका मल्पिेक्स हलमा राम्रो व्यापार गर्दै आएका छन् । मल्टिप्लेक्सलाई नेपालीभन्दा पनि हिन्दी चलचित्रलाई शो दिने गरेको चलचित्र निर्माताहरुले बताउँदै आएका छन् ।  

क्यूएफएक्समा नेपाली भन्दा पनि हिन्दी चलचित्र हेर्ने दर्शकको संख्या उल्लेख्य रहने गरेको छ । पुरानो धारका भनिने चलचित्र हेर्न जाने छुट्टै दर्शक रहेको र त्यस्ता दर्शक सिंगल थिएटरमा जाने गरेकाले नेपाली चलचित्रले मल्टिप्लेक्स कमै पाउने गरेको वितरकहरु बताउँछन् । यद्यपी पछिल्लो समय युवा निर्देशकले बनाएका नेपाली चलचित्रले पनि मल्टिप्लेक्समा आक्रमक ब्यापार गर्दै आएका छन् ।

नेपालमा हरेक हप्ता नेपालीसँगै हिन्दी चलचित्र प्रदर्शन हुने गरेका छन् । कति चलचित्र प्रदर्शन हुन्छ भन्ने यकिन नभए पनि अधिकांश बलिउड स्टार अभिनित र निर्मित तथा चर्चामा रहेका चलचित्रले नेपाली बजार पाउँदै आएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७३  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro