site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । नेपालमा बर्सेनि करिब ९० वटा विदेशी चलचित्रकोे छायांकन हुने गरेको तथ्यांकले देखाएको छ । विदेशीले नेपालमा चलचित्र छायांकन गर्न सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिनुपर्छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४३ विदेशी चलचित्रकर्मीले नेपालमा चलचित्र निर्माणका लागि अनुमति लिएका छन् । सन् २०१३ देखि ०१६ को अप्रिल सम्ममा भने २९७ वटा चलचित्र निर्माणका लागि विदेशीले इजाजत लिएका छन् ।

विदेशीले नेपालमा चलचित्र निर्माणका लागि अनुमति लिन १५ हजार रुपैयाँ तिर्नुपर्छ । सञ्चार मन्त्रालयका उपसचिव यदु पन्थीका अनुसार विदेशीले नेपालमा चलचित्र बनाउँदा कस्तो बनाउने र कहाँ सुटिङ गर्ने भनेर खाका पनि मन्त्रालयमा प्रस्तुत गर्नुपर्छ भने प्रतिबन्धित क्षेत्रमा जाने हो भने छुट्टै अनुमति लिनुपर्छ । ड्रोन क्यामेरा प्रयोग गर्ने हो भने रक्षा, गृह र पर्यटन मन्त्रालयसँग पनि अनुमति लिनुपर्छ । प्रतिबन्धित क्षेत्रमा सुटिङ युनिटसँगै मन्त्रालयले सम्पर्क अधिकृत पनि पठाउँछ ।

“मन्त्रालयबाट जाने सम्पर्क अधिकृतको खर्च सबै चलचित्र निर्माण पक्षले नै बेहोर्नुपर्छ,” उपसचिव पन्थीले भने, “हिमाली क्षेत्रमा जाने हो भने एक जनाका लागि एक/डेढ लाखसम्म पर्छ ।”

यसबाहेक सम्बन्धित क्षेत्रले तोकेको रकम निर्माण पक्षले बुझाउनुपर्छ । कति समयमा छायांकन गरिसक्नुपर्छ भन्ने समयसीमा भने तोकिएको छैन । “हामीलाई जानकारी त छैन तर, राष्ट्रिय निकुञ्जहरुले एक महिनाको एक हजार डलर लिने गरेको भनेका सुनेका छौं,” सञ्चार मन्त्रालयका एक अधिकारीले भने, “अपर मुस्ताङ र अपर डोल्पामा एक महिनाका लागि इजाजत लिँदा पाँच हजार डलर लिने गरेको सुनेका छौं ।”

चलचित्रका लागि अनुमति लिनुपर्ने भए पनि निर्माणपछि भने सेन्सर गर्ने कडा नीति सरकारको छैन । मन्त्रालयबाट खटिएका सम्पर्क अधिकृतले दिएको रिपोर्टका आधारमा चलचित्र पास हुने व्यवस्था छ ।

“सम्पर्क अधिकृतले दिएको रिपोर्ट नै सेन्सरको अन्तिम र निर्णायक हुन्छ,” सञ्चार मन्त्रालय श्रव्य दृश्य शाखाका इन्जिनियर अनिल भुजेलले भने, “एक कपी हामीलाई बुझाएपछि निर्माण पक्षले चलचित्र आफूले चाहेको देशमा लैजान सक्छ ।”

विशेषगरी विदेशी चलचित्रकर्मी छायांकनका लागि साउनको पहिलो हप्तादेखि मंसिरको तेस्रो हप्तासम्म नेपाल आउँछन् । यो मौसमलाई चलचित्र छायांकनको उपयुक्त सिजन मानिन्छ । विदेशी चलचित्रकर्मीले सोलुखुम्बु, काठमाडौं उपत्यकाका दरबार स्क्वायरहरू, पोखरालगायत क्षेत्रमा छायांकनको लोकेशन मागेको देखिन्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro