site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियो ओलम्पिकमा नेपालको ५ खेल, ७ खेलाडी प्रतिष्पर्धामा
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौँ । विश्व खेलकुदको महाकुम्भ मानिने ३१ औं ग्रीष्मकालीन ओलम्पिक आगामी अगस्टबाट ब्राजिलको राजधानी रियो दि जेनेरियोमा हुँदैछ । अगस्ट ५ मा सुरु भई २१ मा समापन हुने ओलम्पिक खेलकुदमा सहभागी हुने राष्ट्र तथा खेलाडीहरूको नामावली दर्ता आज (जुलाई १७) सकिँदैछ । 
 
ओलम्पिकमा नेपालले यसपटक पनि सहभागिता जनाउँदैछ । नेपालबाट ५ खेलमा ७ जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार नेपालले एथलेटिक्स, जुडो, तेक्वान्दो, पौडी र आर्चरी खेलमा सहभागिता जनाउँदैछ ।
 
 
“आईओसीको खेलाडी दर्ता प्रक्रिया आजबाट सकिँदैछ । नेपालबाट यसपटक आईओसीको कोटा पद्दतिमा पर्ने खेल र खेलाडीहरूले सभागिता जनाउँदैछन्,” बाह्रखरीसँग सचिव श्रेष्ठले भने, “नेपालबाट ७ खेलाडीले भाग लिँदैछन् । अब यो संग्ख्या बढ्ने सम्भावना कम छ ।”
 
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिक खेलकुदमा लगातार सहभागिता जनाउँदै आएको छ । तर, नेपालको सहभागिता ‘वाइल्ड कार्ड’  र ‘युनिभर्सालिटी प्लेसेस’ (यूपीस) कोटामा सीमित हुँदै आएको छ । तेक्वान्दोका संगीना वैद्य (एथेन्स २००४) र दीपक विष्ट (बेइजिङ २००८) मात्र छनोट पार गरेर ओलम्पिक खेलेबाहेक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले छनोट पार गरेका छैनन् ।
 
“यसपटक छनोटमा परेका खेलाडीहरू असफल भएपछि आईओसीको कोटाबाट खेलाडीहरू ओलम्पिकमा सहभगिता जनाउँदैछन् । त्यसमध्ये तीन खेलले ‘वाइल्ड कार्ड’ र दुई खेलले ‘युनिभर्सालिटी प्लेसेस’ पाएका छन्,” श्रेष्ठले भने । श्रेष्ठका अनुसार नेपालले यसपटक तीन खेलका खेलाडीले वाइल्ड कार्ड पाएका छन् भने दुई खेलका ४ खेलाडीले यूपीएस प्राप्त गरेका छन् । 
 
 
निशा र फुपू अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृति पाउने नेपाली हुन् । तर, दुवै छनोटमा असफल भएपछि वाइल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । फिलिपिन्सको राजधानी मनिलामा निशाले रियो ओलम्पिक छनोट खेल खेले पनि सफल नभएपछि वाइल्ड कार्डबाट नेपालको प्रतिनिधि गर्न लागेकी हुन् । त्यस्तै, १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी फुपूल्हामुले उज्वेकिस्तानमा ओलम्पिक छनोटको रूपमा पनि रहेको एसियन च्याम्पियनसिप खेलेकी थिइन् । निशाले नेपालमै बसेर ओलम्पिकका लागि तयारी गरेकी थिइन् भने फुपूले हंगेरीमा ओलम्पिक तयारी गरेकी छिन् । 
 
यसपटक यूपीएस पाएर पौडीबाट शिरिष गुरुङ र गौरीका सिंहले नेपालको प्रतिनिधित्व गर्दा एथलेटिक्सबाट हरिकुमार रिमाल र सरस्वती भट्टराईले प्रतिस्पर्धा गर्नेछन् ।
 
नेपाली टोली अगस्ट पहिलो हप्ता रियो दि जेनेरियोतर्फ प्रस्थान गर्नेछ । टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गर्नेछन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro