site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । चालू वर्षभित्र देशभर आठवटा नयाँ अत्याधुनिक चलचित्र घर (सिनेमा हल) निर्माण हुने भएका छन् । काठमाडौं, विराटनगर, पोखरालगायत सहरमा नयाँ सिनेमा हल निर्माण हुन लागेका हुन् । 

केही समययता पुरानो प्रविधिमा आधारित चलचित्र घरहरू बन्द हुने लहर नै चलेका बेला नयाँ प्रविधि जडित हलमा लगानी केन्द्रित हुन थालेको हो । 

झापामा कृष्णचित्र मन्दिरले बिर्तामोड बजारको मेन रोडमा दुइटा स्क्रिनसहितको हल निर्माण गरिरहेको चलचित्र विकास बोर्डका प्रदर्शन तथा वितरण शाखा अधिकृत चिरञ्जीवी गुरागाईंले जानकारी दिए । मोरङको विराटनगरस्थित तीनपैनी चोकमा पनि दुइटा हल निर्माण भइरहेको छ । 

यसैगरी इटहरीको सुनसरीमा चलचित्र निर्माता छविराज ओझा, नरेन्द्र महर्जन, प्रदीप उदयलगायतले दुइटा स्क्रिनसहितको चार सय सिट क्षमताको हल निर्माण गर्दैछन् । “पाँच करोड लगानीमा हल बनाउन लागेका हौँ,” ओझाले भने, “सुविधासम्पन्न हल निर्माण भइरहेको छ, चार सय सिट क्षमताका हल यही डिसेम्बरबाट चालु हुँदैछन् ।” 

चलचित्र निर्माता तथा हल सञ्चालक प्रदीप उदयलगायतको लगानीमा रुपन्देहीको बुटवलमा पनि सिनेमा हल निर्माण भइरहेको छ । “पछिल्लो समय आधुनिक सिनेमा हल निर्माणको क्रम बढेको छ,” प्रदर्शन तथा वितरण शाखा अधिकृत गुरागाईंले भने, “पोखरामा पनि दुई हल निर्माण भइरहेको छ ।”

त्यस्तै, काठमाडौंमा पनि नयाँ प्रविधि जडित हल निर्माणको क्रम रोकिएको छैन । सार्थक इन्टरटेनमेन्टले दुइटा स्क्रिनसहितको बीआरबी मुभिज काठमाडौंको बिजी मलमा निर्माण गरिरहेको छ । यो हल ३१८ सिट क्षमताको बनाउन बिआरबी मुभिजले विकास बोर्डसँग इजाजत लिएको छ । विकास बोर्डका अनुसार रञ्जना हलमा पनि तीनवटा हल निर्माण कार्य भइरहेको छ भने छायाँ सिनेमाज काठमाडौं क्यूएफएक्सले टुके प्रविधि जडित हल निर्माण गरिरहेको हो । 

चलचित्र विकास बोर्डका अनुसार यी सबै हल निर्माणको अन्तिम चरणमा रहेका र सकेसम्म एक वर्षभित्र निर्माण सम्पन्न भएर प्रदर्शनमा आइसक्नेछन् । यी अधिकांश हलले हल ‘टुके प्रोजेक्सन’ सञ्चालन हुनेछन् । 
विकास बोर्डसँग अनुमति नलिए पनि चलचित्र घर निर्माण भइरहेको गुरागाईंले जानकारी दिए । 

विकास बोर्डसँग अनुमति लिएर चलचित्र घर निर्माण गर्दा हल सञ्चालनका लागि आवश्यक प्रविधिजन्य भौतिक सामग्री आयात गर्दा लगानीकर्ताले भन्सार कसरमा छुट पाउँछन् । सामान्यतः कुर्षी आयात गर्दा ३० प्रतिशत भन्सार कर लाग्ने गरेकोमा विकास बोर्डसँग अनुमति लिए २.५ प्रतिशत भन्सार कर तिरेर आयात गर्न सकिन्छ । सामान्य प्रयोजनका लागि पर्दामा २८, साउन्डमा ५, प्रोजेक्सनमा १० प्रतिशत भन्सार कर लाग्ने गर्छ । 

कतिमा बन्छ एउटा फिल्म हल ?
प्रोजेक्सनः ३५ लाख
साउन्डः २५ लाख

एसीः ३० लाख
पर्दाः ४ लाख (प्रतिस्क्रिन)
एकोस्टिक (साउन्ड प्रुफ) र इन्टेरियर डिजाइनः १ करोड 
ब्याकअपः १० लाख
प्राविधिकतर्फ करिब दुई करोड लाग्ने गरेको छ भने घर तथा सिट कस्तो निर्माण हुन्छ, त्यसैले बाँकी खर्च निर्धारण गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७३  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro