site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षा नियमावलीबारे समितिको राय माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम जारी गर्न लागेको नयाँ शिक्षा नियमावलीबारे व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको राय मागेको छ । 
ऐनको प्रभावकारी कार्यान्वयका लागि नियमावलीको प्रतीक्षा भइरहेका बेला कानुन निर्माण पक्षको पनि त्यसमा सुझाव र मार्गदर्शन लिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले आफूहरुले मस्यौदा दिएकाले सो समितिको शिक्षा उपसमितिमा रहेका सांसद्हरुले नियमावलीबारे केही दिनमा लिखित सुझाव र निर्देशन दिने जनाएको बताए । 
ती सुझावका आधारमा कानुन र अर्थ मन्त्रालय हुँदै नियमावली पेस हुनेछ । शिक्षामन्त्री धनीराम पौडेलले गत कात्तिक २५ भित्र नियमावली ल्याउने घोषणा गरेपनि विभिन्न चाडपर्व र मस्यौदामाथिको सरोकारवालाको राय लिने क्रमका कारण विलम्ब भएको छ । गत असार १५ देखि सो ऐन कार्यान्वयन भएको थियो । रासस 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय