अर्थ व्यवसाय
काठमाडौं । चुक्ता पुँजी बढाउन माछापुच्छ्रे बैंकले झण्डै २ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गरेको छ ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीको आधारमा २ बराबर १ सेयर अनुपातमा १ अर्ब ९३ करोड २ लाख ७ हजार मूल्य बराबरको १ करोड ९३ लाख २ कजार ७ सय कित्ता सेयर निश्कासन मंसिर १९ गतेदेखि बिक्री खुला गरेको छ । बैंकका अनुसार हकप्रद सेयर बन्द ढिलोमा पुस २४ गते हुने छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैयाँ छ । हकप्रद निश्कासनपछि चुक्तापुँजी ५ अर्ब ७९ करोड ६८ लाख १० हजार रुपैयाँ पुग्नेछ । आगामी असारसम्म बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।
बैंकको सेयर संरचना अनुसार संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । बैंकले आगामी आर्थिक वर्ष ०७५÷०७६ सम्म चुक्तापुँजी बढाएर ८ अर्ब १६ करोड ५४ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । यस्तै नाफा बढाएर १ अर्ब ६९ करोड पुर्याउने बैकले जनाएको छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७१ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले २४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १७ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा बैंकले ८९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा बैंकको नाफा झण्डै ८ अर्ब रुपैयाँ बढेको छ ।
समीक्षा अवधिमा बैंकले ५८ अर्ब १३ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४४ अर्ब ७० करोड रुपैयाँ र गत आवमा ५२ अर्ब २९ करोड रुपैयाँ परिचालन गरेको थियो । यस्तै कर्जा लगानी विस्तार भएर झण्डै ५० अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले झण्डै ३७ अर्ब रुपैयाँ लगानी गरेको थियो । गत असारसम्म बैंकले ४४ अर्ब २३ करोड रुपैयाँ थियो । पहिलो त्रैमाशमा बैंकको खराव कर्जाको अनुपात ०.५ प्रतिशत मात्र छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ बढी छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३ ११:३६
प्रतिक्रिया दिनुहोस्