site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

मोरङ । पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा छ । खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण सातौँ राष्ट्रिय खेलकुद प्रतीयोगिता अझै अन्योलमा परेको हो । मंसिर ८ गतेदेखि सुरु हुने भनिएको सो खेल स्थगित भइसके पनि नयाँ मिति तय भएको छैन ।

खेलकुद आयोजना गर्नका लागि २३ करोड सरकारले बजेट छुट्याएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुने मुख्य ठाउँ विराटनगरको सहिद रङ्गशाला हो । सो रङ्गशालाको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । पटकपटक प्रतियोगिता स्थगित हुँदा खेलाडी असन्तुष्ट बन्दै गएका छन् ।  कराँते खेलाडी राम लिम्बूको साताैं राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिने ठूलो इच्छा थियो । तर पटकपटक प्रतियोगिता स्थगित हुँदा खेलकुद प्रतियोगिता नै पो नहुने हो कि भन्ने लिम्बूलाई चिन्ता छ । हरेक दुई वर्षमा हुनपर्ने राष्ट्रिय प्रतियोगिता २०६८ सालमा धनगढीमा भएको थियो ।

KFC Island Ad
NIC Asia

त्यसपछि पूर्वाञ्चलमा हुने भएको सो खेलकुद प्रतियोगिताको मिति पटकपटक तय हुँदै स्थगित हुँदै आएको छ । तर सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पर्क कार्यालयका प्रमुख लवभक्त श्रेष्ठले मंसिरभित्रै सो खेलकुद प्रतियोगिता आयोजना हुने बताए । उनले भने, “मङ्सिरभित्रैमा सो खेलकुद प्रतीयोगिता आयोजना हुन्छ ।”

रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro