site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाइक चोर रंगेहात पक्राउ
काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले महालक्ष्मी नगरपालिका–९ फलामे पुलस्थित गोदावरी खोला किनारबाट चारीको दुई मोटरसाइकलसहित मोरङ हसनदह ८ का २३ वर्षिय युनुस साहलाई पक्राउ गरेको छ । बा ३१ प ८७३ नम्बरको मोटरसाइकलमा बा २९ प ४२० नम्बरको स्कुटरको नम्बर प्लेट टाँस्दै गरेका बेला साहलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । साहले बा ३१ प ८७३ नम्बरको मोटरसाईकल काठमाडौंको सुकेधाराबाट चोरी गरेको र बा ५३ प ७५१६ नम्बरको स्कुटर कालीमाटीको तरकारी बजारबाट चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
साहले लामो समयदेखि उपत्यका भित्र सवारी साधन चोरी गर्दै आएको प्रहरीले जनाएको छ । साहलाई थप अनुसन्धानका लागी सम्बन्धित क्षेत्रको प्रहरी कार्यालयमा बुझाएको ललितपुर प्रहरीले जनाएको छ । 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro