अर्थ व्यवसाय
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा बढाएको छ ।
चालु आवको असोजसम्म कम्पनीले ४ अर्ब १४ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ गरेको छ । गत आवको तुलनामा चालु आवको पहिलो त्रैमाशमा दुरसञ्चारको नाफा १ अर्ब रुपैयाँ बढेको छ । गत आवमा कम्पनीले कुल १२ अर्ब १५ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो ।
चालु आवको पहिलो त्रैमाशमा कम्पनीले ११ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा दुरसञ्चारले १० अर्ब ५६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा कम्पनीले ४३ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणमा उल्लेख छ ।
चालु आवको असोजसम्म कम्पनीको खर्च ५ अर्ब ७६ करोड ७७ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीले ६ अर्ब १६ करोड २१ लाख रुपैयाँ गरेको थियो । गत आवमा कम्पनीले २६ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ खर्च गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ११० रुपैयाँ बढी भएको छ । कम्पनीको सेयरपुँजी १५ अर्ब रुपैयाँ छ । कम्पनीको वचत साढे ७४ अर्ब रुपैयाँ बढी छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ ०९:४६
प्रतिक्रिया दिनुहोस्