site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली जनतासँग रहेको एक हजार र ५०० दरका भारतीय नोटको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 
महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेको उद्योगीको प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सर्वसाधारण, उद्योगी तथा व्यापारीसँग भएका उक्त दरका नोटको व्यवस्थापन गर्न आग्रह गरेको हो । भारत सरकारले प्रतिबन्ध लगाएका हजार र ५०० दरका नोटबारे सर्वसाधारण नेपाली तथा उद्योगीमा अन्योल बढेसँगै महासङ्घले सरकारसँग कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न अनुरोध गरेको वरिष्ठ उपाध्यक्ष राणाले बताए ।  
उनका अनुधार प्रधानमन्त्री दाहालले केही दिनभित्र जनस्तर र व्यापारीमा पर्न गएको समस्याबारे कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न प्रयत्न गरिने विश्वास दिलाए ।  
भारतमा ती दरका नोट सहज रुपमा सटहीमा प्रतिबन्ध लागेसँगै नेपाल राष्ट्र बैंकले पनि निर्देशन जारी गरी बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ । राष्ट्र बैंकले नेपालको बैंकिङ प्रणालीमा रहेको तीन करोडभन्दा बढी भारुका विषयमा भारतीय केन्द्रीय बैंकलाई पत्राचार गरिसकेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहन गर्न भारु ५०० र एक हजारका नोटमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । रासस 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro