अर्थ व्यवसाय
काठमाडौं । सरकारले एघार हजार मानिसलाई रोजगारी दिने गरी बन्द उद्योग सञ्चालन गर्ने तयारी भएको छ । उद्योग मन्त्रालयले बन्द उद्योग र नयाँ उद्योग खोलेर एघार हजार मानिसलाई रोजगारी दिने उद्योगलाई कम व्याजदरमा ऋण उपलब्ध गराउने बताएको छ ।
सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै उद्योग मन्त्री नगेन्द्रराज जोशीले सरकारले यसको तयारी थालेको जानकारी दिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संघसस्थासँग पनि यस विषयमा छलफल चलाइरहेको उनले जानकारी दिए।
युवा उद्यमीहरूले बैंकबाट ऋण निकाल्न खोज्दा समेत सहज रुपमा पाउने व्यवस्था गर्ने उनले जानकारी दिए । ११ हजारलाई रोजागार प्रदान गर्ने गरि बन्द उद्योग सञ्चालन तथा नयाँ उद्योगहरू खोल्न सहजीकरण गर्ने कामहरू भइरहेको मन्त्री जोशीको भनाइ छ ।
उद्योग सञ्चालन गर्न खोज्ने कैयन युवाहरू चर्काे ब्याजदरका कारण यसमा आउन नसकेको भन्दै सरकारले कम ब्याजदरमा युवा उद्यमीहरूलाई ऋण उपलब्ध गराउने तयारी गरेको छ ।
“उद्योग खोल्न खोज्ने युवाहरू बैंकको चर्काे ब्याजदर देखेर तर्सिने गरेका छन्, अब त्यसो नहोस् भनेर हामीले युवाहरूलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउने सोच बनाएका छौँ” उनले भने ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३ १८:३८
प्रतिक्रिया दिनुहोस्