site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोकतन्त्र जनताको जीवनमा आउनुपर्छ, नभए प्रणालीमा संकट आउँछ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा लोकतन्त्र आउनुपर्ने बताएका छन् । मधेस प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्ने क्रममा ओलीले राजनीतिक परिवर्तन जनताबाटै सम्भव भएको विषय बिर्सन नहुने बताए ।

“जनताको जीवनमा लोकतन्त्र आउनुपर्छ । सम्पूर्ण सामाजिक पक्षमा लोकतन्त्र फुल्नुपर्छ, फल्नुपर्छ । अनि मात्रै लोकतन्त्र अघि बढ्छ,” उनले भने ।

उनले प्रणाली देश र जनताको सेवामा प्रयोग हुनुपर्ने विषय बिर्सन नहुने पनि बताए । “यो प्रणाली देश र जनताको सेवामा प्रयोग हुनुपर्छ भन्ने बिर्सनुहुँदैन । राजनीतिक अधिकारलाई अझ विस्तार गरेर परिपूर्ण लोकतन्त्र,” उनी भन्छन्, “राजनीतिमा मात्र लोकतन्त्र भयो भने गरिबीको निरपेक्ष रेखामा बसेकालाई सरोकार हुँदैन ।”

जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन नसकिए र गरिबीबाट मुक्ति दिन नसकिए जनतालाई त्यसले नछुने उनले बताए । त्यसो गर्न नसकिए प्रणालीमाथि प्रश्न उठाउने ओलीको भनाइ छ । 

“निरपेक्ष गरिबीबाट आधारभूत आवश्यकता सहज पूर्ति भएको अवस्थामा पुर्‍याउनुपर्छ । यदि जैविक र मानवीय आवश्यकताको सहज परिपूर्ति गर्न सकेनौँ भने प्रणालीमा संकट आउँछ । प्रणालीले के दियो भनेर जनताले सोध्न थाल्छन्,” ओलीले भने ।

ओलीले विकासका लागि सुशासनमा ध्यान दिइनुपर्ने पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro