site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं। निजामती कर्मचारीको अधिकारिक ट्रेड युनियनले सिंहदरबारस्थित सर्भिस सेन्टरमा अस्थायी रुपमा कार्यालय स्थापना गरेको छ ।
युनियनका अध्यक्ष पुण्यप्रसाद पौडेलले युनियनका गतिविधि गर्नका लागि अस्थायीरुपमा कार्यालय स्थापना गरिएको जानकारी गराए । 
निर्वाचन भएको पाँच महिनापछि युनियनले कार्यालय स्थापना गरेको हो । गत जेठ १९ गते युनियनको निर्वाचन भएको थियो । कार्यालय नहुँदा झोलाबाट युनियनको गतिविधि गरिएको उनले बताए । 
उनका अनुसार कार्यालयबाट सबै काम सुरु गरिएको छ । यसैगरी युनियनले थप ७५ जिल्ला र ४२ विभागीय शाखाका लागि कार्यालय र बजेट सामान्य प्रशासन मन्त्रालयसँग माग गरेको छ । अध्यक्ष पौडेलले कार्यालय सञ्चालनका लागि रु पाँच करोड माग गरिएको पनि बताए । रासस 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro