site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं । सिंहदरबार अगाडि ‘सफा टेम्पो’पल्टँदा १२ यात्रु घाइते भएका छन् । 
सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर देखिएको घटनाका प्रत्यक्षदर्शी दिव्य सुवेदीले बताए । 
घाइतेको वीर अस्पताल र काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको वृत्तका प्रहरी हवल्दार तेजबहादुर गुरुङले बताए । 
सामान्य घाइते भएका टेम्पोका चालक तुलबहादुर श्रेठलाई वृत्त सिंहदरबारमा राखी घटनाको अनुसन्धान भइरहेको छ । रासस
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro