site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इराकी सेनाले प्राचीन सहर निमरुदलाई आईएसको कब्जाबाट मुक्त गरायो
काठमाडौं । इराकको प्राचीन सहर निमरुदलाई आतंककारी संगठन इस्लामिक स्टेट (आईएस) को कब्जाबाट मुक्त गरेको इराकी सेनाले दाबी गरेको बीबीसीले जनाएको छ ।
निमरुद सहरलाई इस्लामिक स्टेटले दुई वर्षअगाडि आफ्नो कब्जामा लिएको थियो । 
सन् २०१५ को मार्चमा सहरमा आईएसले विध्वंस गरेको तस्बिरहरू  सार्वजनिक भएको थियो ।
इतिहासकार तथा पुरातत्वविदहरुले उक्त सहरका प्राचीन धरोहरहरु नष्ट भएको घटनामाथि चिन्ता व्यक्त गरेका थिए ।
उक्त सहरमा इसापूर्व १३ सयमा बनेका धेरै ऐतिहासिक धरोहरहरु रहेका बताइएको छ ।
संयुक्त राष्ट्रसंघको संस्कृति संस्था युनेस्कोले  प्राचिन धरोहरहरु नष्ट गर्ने कामलाई युद्ध अपराधको संज्ञा दिएको थियो ।
निमरुद, आईएसको कब्जामा रहेको मोसुल सहर बाट करिब ३० किलोमीटर टाढा पर्छ ।
इराकी सेनाले हालैका दिनमा मोसुललाई इस्लामिक स्टेटको कब्जाबाट छुटाउनका लागि प्रयास गरिरहेको छ ।
सरकारले जारी गरेको एक विज्ञप्तिका अनुसार सेनाको नवौं टुकडीले निमरुद माथि पूर्ण रूपमा नियन्त्रण गरेको र सहरका प्राचीन धरोहरमाथि इराकको झण्डा फहराएको बताइएको छ । इस्लामिक स्टेटले त्यहाँका प्राचिन धरोहरमाथि ठूलो नोक्सान गराएको उक्त विज्ञप्तिमा बताइएको छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro