site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर युद्धको बीचमा विश्व व्यापार संगठनले के भविष्यवाणी गर्‍यो ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिका कारण यस वर्ष विश्वव्यापी व्यापारमा गिरावट आउने विश्व व्यापार संगठनले भविष्यवाणी गरेको छ ।

पारस्परिक भन्सार र राजनीतिक अनिश्चितता जस्ता प्रमुख समस्याहरू बढेमा विश्वभर सामानको व्यापार अझ घट्न सक्ने यसले बताएको छ ।

विश्व व्यापार संगठन भनेको छ, "गिरावट विशेष गरी उत्तर अमेरिकामा तीव्र हुनेछ, जहाँ व्यापार दशांशभन्दा बढीले घट्ने अपेक्षा गरिएको छ ।"

विश्व व्यापार संगठनका महानिर्देशक न्गोजी इकोन्जो–इवेलाले संयुक्त राज्य अमेरिका र चीन बीचको 'भिन्नता' एउटा यस्तो घटना हो, जुन 'आफ्ना लागि साँच्चै चिन्ताजनक' रहेकाे बताएका छन् ।

यस संस्थाले पहिले २०२५ मा विश्वव्यापी सामान व्यापार २.७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो, तर अब यो ०.२ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

अमेरिकाले चीनमाथिको भन्सार शुल्क १४५ प्रतिशतसम्म बढाएको थियो भने अन्य देशहरूलाई ९० दिनको अस्थायी छुट दिएको थियो । साथै, पारस्परिक भन्सार शुल्कलाई समान रूपमा १० प्रतिशत मा घटाएको थियो । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro