site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको निसानामा हार्वर्ड, भने– विश्वविद्यालयले घृणा र मूर्खता सिकाउँछ
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हार्वर्ड विश्वविद्यालयलाई निसाना बनाएका छन् । ट्रम्पले भनेका छन्, हार्वर्ड विश्वविद्यालय अब पढ्नको लागि राम्रो ठाउँ रहेन ।

"सबैलाई थाहा छ कि हार्वर्ड विश्वविद्यालय आफ्नो बाटो हराएको छ," ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट गरे ।

विश्वविद्यालयले संकाय भर्ना गर्ने कार्यको आलोचना गर्दै ट्रम्पले उनीहरूलाई 'मूर्ख' भनेका छन् ।

उनले लेखे, "यसै कारणले गर्दा, हार्वर्डलाई अब अध्ययनको लागि राम्रो ठाउँ मान्न सकिँदैन, र यसलाई विश्वका महान विश्वविद्यालय वा कलेजहरूको सूचीमा पनि समावेश गर्नु हुँदैन ।"

उनले थप लेखे, "हार्वर्ड विश्वविद्यालय एउटा मजाक हो, यसले घृणा र मूर्खता सिकाउँछ, र यसले अब सार्वजनिक कोष प्राप्त गर्नु हुँदैन ।"

हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागहरूको सूची लागु गर्न अस्वीकार गरेको थियो ।

गत हप्ता, ह्वाइट हाउसले विश्वविद्यालयको प्रशासन, भर्ती र भर्ना प्रक्रियामा परिवर्तनको लागि मागहरूको सूची पठाएको थियो । ह्वाइट हाउसले क्याम्पसमा यहूदी विरोधी भावनाविरुद्ध लड्न यो सूची सिर्जना गरिएको बताएको छ ।

विश्वविद्यालयले यी मागहरूलाई अस्वीकार गर्‍यो र ह्वाइट हाउसले यसलाई नियन्त्रण गर्न खोजिरहेको बताएको थियो । यसपछि ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको दुई अर्ब अमेरिकी डलरको कोष रोकेको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro