site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोनालाई इन्टरको चुनौती, पीएसजीले आर्सनलसँग खेल्ने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग २०२४–२५ सिजनको सेमिफाइनल समीकरण पूरा भएको छ । 

प्रतियोगिताअन्तर्गत बुधबार राति क्वार्टरफाइनलका दुई खेलको नजिता निस्किएसँगै अन्तिम–४ मा प्रवेश गर्ने चार टोलीको टुंगो लागेको हो । 

यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनको बार्सिलोना, इटालीको इन्टर मिलान, इंग्ल्यान्डको आर्सनल र फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)ले स्थान बनाएका छन् । 

सेमिफाइनलमा अब बार्सिलोनाले इन्टरविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको पहिलो लेग अप्रिल २९ र दोस्रो लेग मे ६ मा हुनेछ । तालिकाअनुसार पहिलो लेग बार्सिलोना र दोस्रो लेग मिलानमा हुनेछ । 

प्रतियोगिताको क्वार्टरफाइनलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डविरुद्ध समग्रमा ५–३ को जित निकालेको थियो । यस्तै, इन्टरले भने बायर्न म्युनिखविरुद्ध समग्रमा ४–३ को जित निकालेको थियो । 

यसैगरी अर्को सेमिफाइनलमा आर्सनल र पीएसजी भिड्ने छन् । यी दुई टिमबीचको पहिले लेग आर्सनलको मैदानमा अप्रिल २९ मा र दोस्रो लेग पीएसजीको मैदान मे ६ मा हुने तालिका छ । 

प्रतियोगिताको क्वार्टरफाइनलमा आर्सनलले साविक विजेता रियाल मड्रिडविरुद्ध समग्रमा ५–१ को जित निकालेको थियो । यस्तै, पीएसजीले एस्टन भिल्लाविरुद्ध समग्रमा ५–४ को जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro