site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बायर्नलाई रोक्दै इन्टर सेमिफाइनलमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा बायर्न म्युनिखलाई २–२ को बराबरीमा रोक्दै इटालियन क्लब इन्टर मिलानले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । यसअघि पहिलो लेगमा २–१ को जित निकालेको इन्टरले जर्मन क्लबविरुद्ध समग्रमा ४–३ को जित निकालेको हो । 

बुधबार सान सिरोमा सम्पन्न खेलमा पाहुना टोली बायर्नले सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । ५२औँ मिनेटमा ह्यारी केनको गोलमा बायर्नले अग्रता बनाएको थियो । तर, ५८औँ मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्कियो । त्यसको तीन मिनेटपछि नै बेन्जामिन पाभार्डले गोल गर्दै इन्टरलाई २–१ को अग्रतामा राखे । ७६औँ मिनेटमा एरिक डिएरले गोल गरे पनि यसपछि थप गोल नहुँदा बायर्न निराश भयो ।  

इन्टरले पछिल्लो तीन सिजनमा दोस्रोपटक सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि इन्टर सन् २०२२–२३ सिजन फाइनलसम्म पुगेको थियो । 

इन्टरले अब प्रतियोगिताको फाइनलमा स्थान बनाउन स्पेनिस क्लब बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro