site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मनीमा एक डाक्टरमाथि १५ बिरामीकाे हत्या गरेकाे आरोप

काठमाडौं । जर्मनीको बर्लिनमा एक ‘प्यालिएटिभ’ केयर डाक्टरलाई आफ्ना १५ बिरामीलाई प्राणघातक औषधिको मिश्रण दिएर हत्या गरेको आरोप लगाइएको छ ।

४० वर्षीय ती डाक्टरले २०२१ सेप्टेम्बरदेखि २०२४ जुलाईसम्म १२ महिला र तीन पुरुषलाई मारेको आरोप लागेको बीबीसीले उल्लेख गरेको छ । जर्मनीको गोपनीयता कानुनअनुसार उनको नाम भने गोप्य राखिएको बताइएको छ ।

जर्मनीको बर्लिनमा बस्ने ती डाक्टरले आफ्ना बिरामीहरूको हत्या गरेर पछि केही पीडितहरूको घरमा आगजनी समेत गरेर प्रमाण नष्ट गर्ने प्रयास गरेको बताइएको छ ।

डाक्टरले बिरामीहरूलाई जानकारीबिनै बेहोस बनाउने (एनेस्थेटिक) र शरीरको मासुलाई आराम दिने (मसल रिल्याक्सेन्ट) मिश्रण दिएर हत्या गरेकाे आरोप छ । अधिकारीहरूका अनुसार उक्त औषधिहरूले श्वासप्रश्वास निष्क्रिय बनाएर केही मिनेटभित्र मारेका थिए ।

ती डाक्टरले जर्मनीका विभिन्न राज्यहरूमा काम गरेको र संदिग्ध अवस्थामा मरेकाहरूको उमेर २५ देखि ९४ वर्षसम्म रहेको छ ।

उक्त डाक्टरले पाँचवटा अलग–अलग घटनामा पीडितहरूको अपार्टमेन्टमा आगजनी गरेका थिए । सन् २०२४ जुलाईमा एकैदिनमा उसले ७५ वर्षीय एक पुरुषलाई बर्लिनमा र केही घण्टापछि ७६ वर्षीय एक महिलालाई बर्लिनबाट नजिकैको स्थानमा हत्या गरेकाे आरोप लगाइएको छ ।

तर, ती डाक्टरले हालसम्म आरोप स्वीकार गरेका छैनन् । साथै, हत्या भएका मानिसको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro