site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेरिस सम्झौताबाट पछि हट्ने उपाय खोजिरहेका छन् ट्रम्प
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हाल्ने बित्तिकै सन् २०१५ मा भएकोे पेरिस सम्झौताबाट पछि हट्ने छोटो उपाय खोजिरहेको स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
आउँदो जनवरी २० मा ट्रम्पले पदभार सम्हाल्दैछन् । हालको प्रावधानअनुसार पेरिस सम्झौताबाट बाहिर आउन अमेरिकालाई करिब चार वर्ष लाग्नेछ, किनभने सन् १९९२ मा भएको रियो सन्धिसँग पेरिस सम्झौता बाँधिएको छ । 
बताइएअनुसार ट्रम्पका रणनीतिकारहरुले रियो सम्झौतालाई अस्वीकार गरेर पेरिस सम्झौतालाई रद्द गराउन खोजिरहेका छन् । 
यो सूचना त्यतिबेला सावर्जनिक भएको छ, जतिबेला मोरक्कोको माराकेश सहरमा विश्वका २०० देशका प्रतिनिधिहरुले पेरिस सम्झौताको कार्यान्वयनका बारेमा छलफल गरिरहेका छन् । 
डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको विषयलाई काल्पनिक बताउँदै आएका छन् । 
धेरै देशहरुले अमेरिका यस सम्झौताबाट नबाहिरिने अपेक्षा गरेका छन् । पेरिस सम्झौताको पक्षमा झण्डै २०० देशहरुले गत वर्षको डिसेम्बरमा सम्झौतामा हस्ताक्षर गरेका थिए । गत शनिबारसम्ममा विश्वका १०९ देशहरुले  यस सम्झौतालाई अनुमोदन गरिसकेका छन् ।
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro