site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कति छ युरोपियन युरोको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ ।
 
युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा तोकिएको छ । 

स्विस फ्र्यांक एकको खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।
 
अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २० पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३० पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८१ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६९ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा तोकिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रूपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६४ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा तोकिएको छ । 

स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १४ रूपैयाँ र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८३ पैसा र बिक्रीदर २० रूपैयाँ ९२ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७ रूपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रूपैयाँ २० पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८६ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
 
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro