site stats
बाह्रखरी :: Baahrakhari
खेल
पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले प्रहरी सेवामा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

"झुट्टा प्रमाणपत्र पेस गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा निरन्तर वहाल रही मिति २०५९।०९|१४ मा प्रहरी नायव निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुयाई आफूसमेतलाई लाभ हुने बदनियत राखी गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको प्रमाण पुष्टि हुन आएको छ," अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा थप भनिएको छ "नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक हरि खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।"

अख्तियारले महानगरीय प्रहरी गण नं. २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत हुँदा खड्काको शैक्षिक योग्यता आईएको पेस गरेको आरोप छ । अख्तियारको अनुसन्धानअनुसार खड्काले भारतको उत्तर प्रदेशको माध्यामिक शिक्षा परिषद् वाराणशबाट जारी भएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको जनाइएको छ । 

सोही प्रमाणपत्रका आधारमा खड्काले २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको आरोप छ । 

Global Ime bank

खड्का राष्ट्रिय फुटबल टोलीबाट सवैभन्दा धेरै १३ गोल गर्ने खेलाडीमध्येका एक हुन् । खड्का र निराजन रायमाझीले समान १३ गोल गरेका छन् । खड्का अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभागका प्रमुखका रूपमा कार्यरत छन् ।

खड्काको नेपाल पुलिस क्लबबाट लामो समय फुटबल खेले । खड्काकै कप्तानीमा पुलिस क्लबले २०६३ मा सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि जितेको थियो । २०६४ को लिगमा खड्का  सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

खड्काले नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा समेत काम गरिसकेका छन् । त्यस्तै  सन् २०१५ मा खड्काले राष्ट्रिय पुरुष टोलीमा सहायक प्रशिक्षक भएर काम गरेका थिए ।

उनी राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य समेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu