site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अजोडमा ‘इन्साइडर ट्रेडिङ’ अध्ययन गर्न बन्यो समिति, कुमारी बैंक र म्युचुअल फन्डले उठाएका थिए सेयर

काठमाडौं । अजोड इन्स्योरेन्समा भित्री सूचनाको आधारमा कारोबार भएको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डले अध्ययन समिति नै गठन गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चैत १६ गते चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित वैशाख ७ गतेका लागि साधारणसभा बोलाएको थियो ।

हकप्रद जारी गर्ने प्रस्तावको सूचना कम्पनीले नेप्सेमा १७ गते पठाएको थियो । १६ गते नै सेयर बजार परिसूचक नेप्से घट्दा पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने कम्पनीको उच्च भोल्युममा कारोबार भएको थियो ।

कम्पनी सञ्चालक समितिले हकप्रद सेयर जारी गर्ने प्रस्तावको सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ (भित्री सूचनाको आधारमा कारोबार) भएको आरोप लागेपछि नेप्सेले प्रारम्भिक अध्ययन गरेको थियो । नेप्सेको प्रारम्भिक अध्यनमा कुमारी बैंक र कुमारी बैंकको मयुचुअल फन्डले ठूलो मात्रमा सेयर उठाएको देखिएको प्रारम्भिक विवरण बोर्डलाई पठाएको हो । स्रोतका अनुसार अजोड इन्स्योरेन्स र कुमारी बैंकमा समान प्रामोटर सेयरहोल्डर छन् ।

नेप्सेले उक्त विवरण पठाएपछि बोर्डले अध्ययन समिति नै बनाएर अध्यन सुरु गरेको हो । बोर्डका निर्देशक अम्बिका पसाद गिरीको नेतृत्वमा चार सदस्य रहेको अध्ययन समिति बनाएको छ । समितिमा सेयर बजार हेर्न श्याम मण्डल, ब्रोकर हेर्ने अमृत थापा र गुनोसा हेर्न विनोद पौडल छन् । अध्ययन समितिलाई अविलम्ब प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

Global Ime bank

यता, बिमा समितिले पनि कम्पनीलाई हकप्रद सम्बन्धी कुनै पनि निर्णय नगर्न निर्देशन दिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu