site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
विकास सहायता, समन्वय तथा सहजीकरण समिति गठन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री एवम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अध्यक्ष पुष्पकमल दाहालले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन गरेका छन् । 
गत असोज १८ गते बसेको परामर्श परिषद्को बैठकले समिति गठन गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं अध्यक्ष दाहाललाई दिएको थियो । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत संयोजक रहने गरी गठन गरिएको समितिमा भारत सरकार, चीन, विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) का एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् । 
यस्तै नेपालस्थित अन्य अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको समूहका तर्फबाट तोकिएका २ जना सदस्य, उद्योग वाणिज्य महासंघको अध्यक्ष वा प्रतिनिधि, गैरसरकारी संस्था महासंघ नेपालको अध्यक्ष वा प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको संघ नेपालको  अध्यक्ष  वा प्रतिनिधि सदस्य रहनेछन् । 
समितिको सदस्य सचिवमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव रहनेछन् । 
समितिको काम, कर्तव्य र अधिकार विकास सहायताद्वारा सञ्चालित पुनःनिर्माण सम्बन्धी कार्यमा संलग्न भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु एवं नागरिक समाजका बीचमा आवश्यक समन्वय र सहजिकरण गर्ने÷गराउने  छ । यस्तै भूकम्पबाट प्रभावित संरचनाहरुको पुनःनिर्माण तथा भूकम्पबाट प्रभावित व्यक्ति एवं परिवारको पुनस्थापना गर्नका निम्ति आवश्यक पर्ने वित्तीय एवं प्राविधिक सहयोग परिचालनार्थ नेपाललाई सहयोग गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, नागरिक समाज एवं निजी क्षेत्रलाई प्रेरित गर्नेछ । 
 
 
 
 
 
  
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC