काठमाडौं । घरमा खानेकुरा र कापीकलम किन्ने पैसासमेत नभएपछि निवेदन लेखेर ‘विद्यालयबाट रेष्ट्रिकेटको याचना’ गर्ने पूजा खत्रीलाई सहयोग गर्ने हातहरू बढेका छन् ।
आमाले छाडेर गएको, बाबु घर नआउने र शारीरिक अशक्त हजुरबुबाले थाप्ने वृद्धभत्ताले मात्रै स्कुल जान असमर्थ रहेको समाचार केही दिनअघि बाह्रखरीमा प्रकाशित भएको थियो ।
समाचार पढेर सहयोगी हातहरू उनलाई सहयोग गर्न तत्पर भएका हुन् । यसैबीच विभिन्न व्यक्तिहरूले पूजा खत्रीको कोषमा १ लाख ३५३ रुपैयाँ संकलन गरेका छन् ।
यसैबीच दाह्री ग्याङ अष्ट्रेलियाले दुई वर्षका लागि शैक्षिक सामग्री किनिदिने भएको छ । संस्थाका व्यवस्थापक सरोज भण्डारीका अनुसार खत्रीलाई दुई वर्षका लागि स्कुल पोशाक, कापीकलमलगायत सम्पूर्ण खर्च बेहोर्न दाह्री ग्याङ तयार भएको छ ।
सहयोग गर्नेको नामावली